इरानमा यात्रुवाहक विमान दुर्घटना

  • ६ फाल्गुन २०७४, आईतवार
  • 2557 पटक पढिएको

काठमाडौँ – इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ ।

बीबीसीका अनुसार विमानमा ६० यात्रु दुई सुरक्षाकर्मी र चारजना चालकदलका सदस्य रहेको बताइएकाे छ ।दुर्घटनास्थल हिमाली क्षेत्रमा रहेकाले सोही अनुसार आपतकालिन उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको बताइएको छ।

अासिमान एयरलाइन्सको एटीआर-७२-५०० विमान खराब मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। खराब मौसमकै कारण उद्धार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेर फर्किएको बीबीसीले उल्लेख गरेको छ।

-कान्तिपुर