खाद्य सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

  • ३ फाल्गुन २०७४, बिहीबार
  • 1807 पटक पढिएको


बेनी, ३ फागुन । खाद्य सुरक्षा अनुगमन तथा योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम बिहीबार बेनीमा सम्पन्न भएको छ ।

कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खाद्य सुरक्षा योजना तर्जुमा प्रक्रियाको बारेमा जानकारी गराउनुका साथै खाद्य सुरक्षा योजनालाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा स्थानीय तहमा पालीका स्तरीय खाद्य सुरक्षा सञ्चाल र प्राबिधिक समिति गठनको प्रस्ताव समेत गरिएको थियो । कृषि विकास मन्त्रालयका नेक्साप संयोजक तथा बरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले स्थानीय तहमा खाद्य सुरक्षा कायम गर्न र असुरक्षाको अवस्थाको पूर्व विश्लेषण गरी रणनिती बनाउन योजनाको आवश्यकता रहेको बताउनुभयो ।

कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, मन्त्रालयकी कृषि विकास अधिकृत पदमा अर्याल र क्षेत्रीय संयोजक बिष्णु आचार्यले सहजिकरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजिअ कृष्णप्रसाद अधिकारीले स्थानीय तहमा अधिकारसंगै हस्तान्तरण भएको दायीत्व पुरा गर्न जनप्रतिनिधि र कर्मचारीहरुबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

धौलागिरी गाउँपालीका बाहेक ५ वटा स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा जनप्रतिनिधिहरुले खाद्य सुरक्षा रणनिती तय गर्न प्राबिधिक सहयोगका लागि मन्त्रालयलाई आग्रह गर्नुभयो ।