४ हजार सवारी कारबाहीबाट २९ लाख राजश्व सकंलन

  • ३ फाल्गुन २०७४, बिहीबार
  • धिरन खत्री
  • 2181 पटक पढिएको

म्याग्दी, ३ फागुन । म्याग्दीमा ४ हजार सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७४÷७५ को ७ महिनामा रु २९ लाख ५ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ ।

आर्थिक बर्ष ७४÷७५ मा साउन देखि माघसम्म ४ हजार सवारीसाधन कारबाही गर्दा भारिमात्रामा राजश्व उठाउन सफल भएको ट्राफिक कार्यालय प्रमुख शिवप्रसाद पाठकले जानकारी दिएका छन । टा«फिक कार्यालय अनुसार साउनमा ४ सय सवारी कारबाहीबाट २ लाख ६७ हजार, भदौँ महिनामा ४५० सवारी कारबाहीबाट ३ लाख १७ हजार, असोजमा ६सय सवारी कारबाहीबाट ४ लाख ३५ हजार ५ सय, कार्तिक महिनामा ६ सय सवारी कारबाहीबाट ४ लाख ५९ हजार, मंसिरमा ६५० कारबाहीबाट ४ लाख ७१ हजार ५ सय, पुषमा ६५० कारबाहीबाट ४ लाख ७५ हजार र माघ महिनामा ६५० सवारी कारबाहीबाट ४ लाख ८० हजार राजश्व संकलनले सो राजश्व संकलन भएको पाठकले जानकारी दिए ।


विगतको आथिर्क बर्ष बराबर राजश्व यो बर्षको ९ महिनामा उठाउन सफल भएको छ । ०७१÷७२ मा १३ लाख र ७२÷७३ आथिर्क बर्षमा १८ लाख ५२ हजार तिनसय र ७३÷७४ मा ३२ लाख ६३ हजार राजश्व राजश्व संकलन भएको थियो । अघिल्लो आर्थिक बष बराबर रकम ७ महिनामा उठाउन सफल भएको छ । सबभन्दा बढी मोटरसाइकल र जीपलाई कारबाही गरिएको छ ।

कार्यालयले लाइसन्स विना सवारी साधन चलाउने, हेलमेट विना मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम पालना नगर्ने सवारी साधनका चालकलाई कारबाही गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l