गलेश्वरमा एकै दिन साढे दुई लाख भन्दा बढी भेटि संकलन

  • ३ फाल्गुन २०७४, बिहीबार
  • 2147 पटक पढिएको


बेनी, २ फागुन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा एकै दिन साढे दुई लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।

महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले दुई लाख ६६ हजार ९८८ रुपैया भेटी चढाएका हुन् । गलेश्वर क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले यस वर्षको महाशिवरात्री पर्वमा बिस हजार भक्तजनले गलेश्वरमा पुजाआजा गरेको जानकारी दिनुभयो ।

गलेश्वर मन्दिरमा संकलन हुने भेटि साप्ताहीक र मासिक रुपमा सार्वजनीक गरिदै आएको छ । संकलीत भेटि कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पुर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन हुदै आएको छ ।

कालीगण्डकी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टान माथि अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मुक्तीनाथ प्रवेशद्धार मानिने गलेश्वरमा सतीदेवीको गला पतन भएको धार्मीक ग्रन्थहरुमा उल्लेख छ ।

साउन महिनाको सोमबार, बाला चर्तुदर्शी र महाशिवरात्री पर्वमा गलेश्वरमा बिशेष पुजाआजा हुने गर्छ ।