रक्सी पिएर श्रीमती कुट्नेलाई सिस्नोपानी र केश मुण्डन

  • २ फाल्गुन २०७४, बुधबार
  • 1469 पटक पढिएको

गुल्मी– गुल्मीको वलिथुम गाउँमा जाँडरक्सी सेवन गरी श्रीमती कुटपिट गर्ने एक पुरुषलाई स्थानीय महिला समुहले बाँधेर गाउँ डुलाउँदै केश मुण्डन र सिस्नोपानी लगाएर सजाय दिएका छन् ।

गुल्मी दरवार गाउँपालिका वडा नम्वर १ , वलिथुम निवासी ईस्वरी भण्डारीलाई महिलाहरुले यस्तो कारवाही गरेका हुन् । उनकी श्रीमती ईन्द्रकला भण्डारीले महिला समुह गुहारेपछि गाउँका महिलाहरु जुटेर भण्डारीलाई डोरीले बाँधेर गाउँ डुलाउदै कारवाही गर्दा पनि भण्डारीले मदिरा सेवन गर्न नछाड्ने अडान कसेका थिए ।

उनकी श्रीमति इन्द्रकलाले रातदिन रक्सी खाँदै कुटेर ज्यान जोगाउन मुस्कील भएपछि महिला समुह गहारेको बताइन् । एक सन्तानकी आमा ईन्द्रकलाले आफुले मजदुरी गरेर खान समेत नदिने तथा कुटपीट गर्ने गरेको गुनासो गरिन् ।

-प्रेम सुनार/रातोपाटी