प्रदेश ४ को सभामुखमा पर्वतका अधिकारी पक्का

  • २८ माघ २०७४, आईतवार
  • 2151 पटक पढिएको

पोखरा, २८ माघ । प्रदेश नम्बर ४ को सभामुखमा पर्वतका नेत्र अधिकारी चयन हुने पक्का भएका छन् । नेकपा माओवादी केन्द्र ४ नं प्रदेसको बैठकले सभामुखमा पर्वतवाट प्रदेससभामा निर्वाचित नेत्रनाथ अधिकारी हिमाललाई सिफारिस गर्ने निर्णय गरेको हो । बाम गठबन्धनबाट प्रदेश सरकार गठन हुने निश्चित भएको प्रदेश नम्बर ४ मा नेकपा एमालेबाट मुख्यमन्त्री र माओवादी केन्द्रबाट प्रदेश सभामुखको भागबन्डा भएको थियो ।

माओवादी केन्द्रको प्रदेश संसदीय दलको पोखरामा वसेको वैठकले अधिकारीलाई सभामुख तथा तनहुँवाट निर्वाचित हरिवहादुर चुमानलाई संसदीय दलको नेतामा चयन गरेको छ । त्यसैगरि कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेस सभा १ वाट निर्वाचित रामजीप्रसाद वराल संसदीय दलको उपनेतामा चयन भएका छन् । त्यसैगरि दलको प्रमुख सचेतकमा समानुपातिकवाट सांसद वनेकी गायत्री गुरुङ(कुसुम) र सचेतकमा वाग्ुलङवाट निर्वाचित चन्द्रवहादुर वुढालाई चयन गर्ने निर्णय भएको माओवादी केन्द्र प्रदेश संसदीय दलले जनाएको छ ।