राखु भगवतीमा निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा

  • २४ माघ २०७४, बुधबार
  • धिरन खत्री
  • 2645 पटक पढिएको

 


म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीमा १५ सैयाको निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङको सहयोगमा निर्माण सुरु भएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सो भवन २०७३ साल कार्तिक महिनादेखि सुरु भई २०७५ साल बैशाख अन्तिममा सम्पन्न गर्ने सम्झौता भएको थियो । भवन निर्माण कार्यले तिव्रता पाएसंगैे सो भवन अन्तिम चरणमा पुगेको छ । सो भवन एक करोड ३८ लाख, २० हजार ८४३ रुपैया रकममा निर्माण सम्झौता भएको थियो । सो स्वास्थ्य चौकी छिटै संचालन हुन सकेमा भगवतीमा रहेका ७५० घरघुरीले सेवासुविधा  लिने छन् ।  तस्विरः धिरन खत्री

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l