उसु खेलाडीलाई सम्मान

  • १९ माघ २०७४, शुक्रबार
  • 1917 पटक पढिएको

बेनी १९ माघ । जिल्ला उसु संघ म्याग्दीले शुक्रबार राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि बिजेता म्याग्दीका खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा बिन्दु पुन, शुशिल श्रेष्ठ र शुशिल कार्कीलाई सम्मान गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले सम्मान गर्नुभएको थियो ।

जिल्ला उसु संघका कार्यबाहक अध्यक्ष क्रृषिकेश तिवारीको अध्यक्षता, आशामाया पुनको सञ्चालन र दिपेन राईको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।