अन्तत किन ? बन्द भयो चर्चित कार्यक्रम साझा सबाल

  • १५ माघ २०७४, सोमबार
  • 2270 पटक पढिएको

काठमाडौं– बीबीसी मिडिया एक्सनले उत्पादन गर्ने चर्चित  बहस कार्यक्रम साझा सवाल बन्द भएको  छ । विगत दश वर्षदेखि प्रसारण हुँदै आएको कार्यक्रमलाई रोकिएको विविसी साझा सवालले जनाएको छ ।

एक  टेलिभिजन सहित देशका ३ सय ५० रेडियो, केहि केवल टेलिभिजन र यु ट्युव च्यानल मार्फत प्रसारण हुँदै आएको कार्यक्रम दर्शक श्रोताहरुले मन पराएको कार्यक्रम थियो ।

दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अन्तर्वाताबाट शुरु गरिएको साझा सवाल ५२९ अंक पुगेर रोकिएको हो ।

कार्यक्रम बन्द गरिनुको कुनै कारण खुलाइएको छैन । News source: www.ratopati.com