बामगठबन्धनले प्रदेशमा कसरी गर्दैछ शक्ति बाँडफाँड ?

  • १३ माघ २०७४, शनिबार
  • 1391 पटक पढिएको

काठमाडौं-बाम गठबन्धनका दुई घटक एमाले र माओवादी मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्यमा जुटेका छन् ।  यसका लागि उनीहरुले कार्यदल बनाएर काम गरिरहेका छन् ।  आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ । कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको शक्ति बाँडफाँडको रोडम्याप बनाईरहेको छ ।
शुक्रवार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले प्रदेशको बाँडफाँड टुंगाउन कार्यदललाई निर्देशन दिएका थिए ।
त्यसपछि कार्यदलले थप संवाद थालेको हो । 

आइतावरसम्म शक्ति बाँडफाँडको काम टुंगाउने कार्यदलको तयारी छ । शुक्रवार एमाले नेता सुभास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा बादलले अहिलेसम्म कार्यदलमा भएको संवाद र प्रगतिवारे ओली र प्रचण्डलाई विफ्रिङ गरेका थिए । नेम्वाङ र थापाको भनाई सुनेपपछि ओली र प्रचण्डले संयुक्त रुपमा कार्यदललाई वाँकी काम टुंगाउन निर्देशन दिएका थिए ।

ओली र प्रचण्डको निर्देशनपछि शनिवार कार्यदल थप गृहकार्यमा जुटेको हो । विहिवारको वैठकमा कार्यदलले प्रदेश मन्त्रिपरिषदको आकारका विषयमा सहमति बनेको थियो । माओवादीले दुई वटा प्रदेशमा मुख्य मन्त्री र चारवटामा सभामुख बाँडफाँडको प्रस्ताव गरेको थियो ।यद्यपी यसमा एमालेको सहमति रहे वा नरहेको वारे केही आएको छैन् । माओवादीले ६ र ७ प्रदेशमा मुख्यमन्त्रीको दावी गरेको छ ।१, ३, ४ र ५ मा एमालेले मुख्य मन्त्री पाउँदा आफुले सभामुख पाउनुपर्ने माओवादी दावी छ । आफुले मुख्य मन्त्री पाएको ठाँउमा एमालेलाई सभामुख दिने माओवादीको प्रस्ताव छ । २ नम्वर प्रदेशमा भने मधेशवादी दलको सरकार बन्ने सम्भावना छ ।

बामगठबन्धनभित्र पनि मुख्यमन्त्रीका आंकाक्षी धेरै छन्, जसले नेताहरुमाथि मुख्यमन्त्री चयनमा समस्या आइपरेको छ । प्रदेश १ मा एमालेका भीम आर्चाय र शेरधन राइवीच मुख्यमन्त्रीको लडाईं छ ।प्रदेश ३ मा एमालेका अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाई, राजेन्द्रप्रसाद पाण्डे, केशव स्थापित र सानुकुमार श्रेष्ठवीच मुख्यमन्त्री बन्ने दौड चलेको छ । प्रदेश ४ मा एमालेकै किरण गुरुङ र पृथ्वी सुव्वा गुरुङ मुख्यमन्त्रीका दावेदार छन् । प्रदेश ५ मा शंकर पोखरेल मुख्यमन्त्रीका दावेदार हुन । उनलाई एमालेको ५ नम्वर प्रदेश संसदीय दलले दलको नेता पनि चयन गरिसकेको छ ।

प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही र नरेश भण्डारी तथा एमालेका प्रकाश ज्वाला र यमलाल कँडेल मुख्यमन्त्रीका दावेदार देखिएका छन् । प्रदेश ७ मा माओवादीका बीरमान चौधरी र झपट बोहरा मुख्यमन्त्रीको दौडमा छन् ।  प्रदेश संसदले सपथ लिईसकेका छन् । केही प्रदेशसभाको पहिलो वैठकको मितिय समेत तय भैसकेको छ । अव बस्ने प्रदेशसभाको वैठकपछि प्रदेश सरकार गठन र सभामुख चयनको प्रक्रिया अगाडि बढनेछ । पार्टी एकतालगायतका विषयमा केन्ीय शक्ति बाँडफाँडमा भने कार्यदल अझै औपचारिक रुपमा प्रवेश गरेको छैन । यस विषयमा दुई दलबीच फरक फरक अडान छन् । source : www.ratopati.com