सुआहाराको घरधुरी सर्वेक्षण प्रतिवेदन सार्वजनीक

  • ११ माघ २०७४, बिहीबार
  • 1355 पटक पढिएको

बेनी ११ माघ । गर्भवतीको स्वास्थ्य र दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउन सञ्चालीत दोस्रो चरणको सुआहाराले म्याग्दीमा गरिएको घरधुरी सर्वेक्षणको प्रतिवेदन बिहीबार सार्वजनीक गरेको छ । बेनीमा आयोजीत एक कार्यक्रममा विभिन्न सूचकहरुमा आधारित रहेर गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । लक्षित वर्गको अवस्था र उनिहरुको आवश्यकता पहिचान गरि कार्यक्रम तय गर्नका लागि रणनिती अपनाउन घरधुरी सर्वेक्षण गरिएको सुआहाराका अनुज सेनले बताउनुभयो ।

नतिजा सार्वजनीक गर्दै उहाँले म्याग्दीमा हाल तिन हजार ९३७ जना हजार दिनका आमाहरु रहेको जानकारी दिनुभयो । साविकका ४१ वटै गाविसमा गरिएको सर्वेक्षणका क्रममा २९ प्रतिशत गरिब, हजार दिनका आमाहरु मध्य ५४ प्रतिशतसंग मोवाईल र ३२ प्रतिशतमा रेडियोको पहुँच रहेको पाइएको छ ।

कार्यक्रममा नियमित गर्भजाँच, बच्चाको तौल परिक्षण, पोषणयुक्त खानाको उपभोग, परिवार नियोजनाका साधनको प्रयोगमा वृद्धीमा जोड दिनुपर्ने बताइएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन भरत आचार्यको सञ्चालन, मिलन म्याग्दीका अध्यक्ष बिनय श्रेष्ठको स्वागत र मालीका गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालुले समापन गर्नुभएको कार्यक्रममा धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।