कालिगण्डकीमा बग्दाको पल (फोटो सहित)

  • ११ माघ २०७४, बिहीबार
  • 2852 पटक पढिएको

सन्दीप खत्री

माघ महिनाको चिसो मौसम । त्यसमा पनि कालिगण्डकीको चिसो पानीलाई चुनौति दिँदै कालिगण्डकीमा बग्नु (¥याफटीङ) पक्कै सहज होइन । तर पनि यही चिसो मौसम र कालिगण्डकीका चिसो पानीमा ¥याफ्टीङ गर्नुको मज्जा भने बेग्लै छ । आज भन्दा लगभग १०÷१२ वर्ष पहिले संयोगले गाउँबाट गलेश्वर आउँदा गोरेहरुले –विदेशी पर्यटक) कालिगण्डकीमा जलयात्रा (¥याफटीङ) गरेको देखेको थिएँ । त्यही दिनबाट हो, कालिगण्डकी बग्ने रहर पलाएको । म्याग्दी महोत्सवमा बाहेक अन्य अवस्थामा जलयात्रा गर्ने कुनै सम्भावना थिएन । तर म्याग्दी महोत्सवमा पनि कालिगण्डकीमा जलजयात्रा गर्ने मेसोमेलो मिलेको थिएन । मनेको रहर मनमै थियो ।

 

विहान १० बजेतिर पसलमै थिए । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश दाईले ¥याफटीङ जाने भए ठाउँ खालि भएको बताउनु भयो । १२ वर्ष देखिको चाहना पुरा हुने भएपछि नजाने प्रश्नै भएन । महोत्सवका सुरुवाति दिनमा जलयात्रामा मानिसहरुले खासै रुचि नदेखाएपनि उहाँहरुको टिमले यात्रा गरेपछि मानिसको फ्लो बढेको थियो । बेनीबाट ११ बजे जलयात्रा सुरु गर्ने बताइएको थियो । खाना खाँदै थिए खम थापाले ¥याफटीङ सुरु हुन लाग्यो छिटो आउनुस नत्र छुट्नु होला भनेपछि आधा खाना खाएर एक जोडा एक्स्ट्रा कपडा प्याक गरेर प्रमोद श्रेष्ठ दाईको फर्निचर मुनि पुगे । त्यहाँ पुग्दा ५÷७ जना मात्र देखे । मनमनै डर लाग्यो लौ म त छुटेछु क्यारे । अलि पर खम सर र नन्दुलाई देखेपछि भने मन ढुक्क भो ।

 

“फेमिली रिभर” को परिचय पाएको कालिगण्डकी विदेशी पर्यटकहरुको ¥याफटीङ्गमा पहिलो रोजाईमा समेत पर्छ । अन्य ठाउँको भन्दा केही जोखिम पनि छ । मनको रहर पनि पुरा हुने बेनी–देखि पनि ¥याफटीङ्गको सम्भावना छ है भनेर बाहिर प्रचार पनि हुने त्यो हिसावले पनि म निकैै उत्साहित थिएँ, ¥याफ्टीङ्गका लागि । एउटामा ८ जनाको दरले ४ वटा डुङ्गामा ३२ जना मात्र लैजाने कुरा भो । लगभग पौने १२ बजे सबै मान्छे भेला भए । तर डुङ्गा आएन । ११ बजेबाट अब १० मिनेटमा आउँछ भन्न थालेको डुङ्गा १२ बजेसम्म पनि आएन । त्यसपछि म, खम थापा, नन्दु पाईजा, दुर्गा बुढा मगर अब पनि आएन भने नजाने भनेर घर फर्कने निर्णय ग¥यौ । फर्कौ चाहना अधुरै होला भन्न पिर, नफर्कौ ल्याङल्याङ भएर अत्यार लागिसक्यो । त्यसपछि डुङ्गा व्यवस्थापनको मान्छेले अब १० मिनेटमा आएन भने जानुहोला भन्यो । त्यसमा पनि १० मिनेट थप्दै जाँदा साढे १२ बजेतिर बल्ल एउटा डुङ्गा आयो । त्यसपछि भने मन शान्त भो जल गाइड ज्ञानुले सबैलाई बोलाएर ¥याफ्टीङ गर्दा अपनाउनु पर्ने सावधानी, उनले हामीलाई दिने निर्देशकका वाक्यहरु बताउँन थाले ।

उनले बेनी–मालढुंगाको जलयात्रा धेरै साहसिक भएकोले कमजोर मुटु भएकाहरु यात्रा नगर्न सुझाईरहेका बेला मलाई झन छिटो छिटो जलयात्रा गर्न उत्सुकता बढीरहेको थियो । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिका सभापति सुनिता केसी म्याडमको नेतृत्वमा १२ जना महिला उद्यमीहरु, उद्योग वाणिज्य संघका कोषाध्यक्ष अमित बानियाँ, सदस्य लक्ष्मण शर्मा, मोति पौडेल लगायत हामीहरु गरी चार वटा डुङ्गामा ३२ जना जाने भनेपनि ३४ जना भयौ । त्यसपछि सबै बाडिएर बस्यौ । हाम्रो डुङ्गामा म, नन्दु पाईजा, दुर्गा मगर, विष्णु रिजाल, उमेश आचार्य, सिर्जना भट्टचन, शारदा हमाल, शिशिर भण्डारी गरी आठ जना भयौ । पछि पुनः लक्ष्मण दाई थपिएपछि नौ जना भयौ । खम जि ग्रुपबाट छुट्नु भो । डुङ्गाको अगाडि बस्न अरु साथीहरुले त्यति आट नगरेपछि दायाँ साईमा म र देव्रे साईडमा शिशिर वस्यौ । अनि सुरु भयो हाम्रो जलयात्रा सलललल कालिगण्डकीमा ।

दिनको १ बजे ¥याफटीङ्ग सुरु भयो । मनमा कौतुल्ता, केही भय, रोमाञ्चकताका साथ एकैछिनको अभ्यासपछि म्याग्दी र कालिगण्डकीको दोभानसँगै डुङ्गा खियाउँदै यात्रा सुरु भयो । म्याग्दी र कालिगण्डकीको संगम आउनेबेलामा नै पहिलो खोचमा डुङ्गा हामफालेपछि मनको भय धेरै कम भयो । त्यसपछिको केही समथर बहावमा यात्रापछि अन्य स–साना छालहरु पार गर्दै जाँदा आनन्द ज्यादा भय हराउँदै गयो । मिलनचोक नजिकै पुग्दा आनन्द र मजा चरमउत्कर्षमा पुगेको थियो भने भय शुन्य । त्यसमा कालिगण्डकीको छालले निथ्रुक्क भिजाउँदाको मजा बेग्लै थियो । चिसो मौसममा कालिगण्डकीको चिसोको कुनै वास्ता थिएन वास्ता थियो वस ¥याफ्टीङ्गको अनुभवको, आनन्दको । सबै भन्दा अगाडि हाम्रो डुङ्गा थियो । अन्य जलयात्रा गाईड भन्दा हामीलाई गाइड गरेका ज्ञानु अलि अनुभवि रहेछन् । उनैले नै पछिका ३ वटा डुङ्गाका गाईडलाई समेत गाईड गर्दा रहेछन् त्यसैले हामी अलि बढी नै ढुक्क थियौ ।

हामी दाया र बायाँ बसेका जलयात्रीहरुलाई पालैपालो कालिगण्डकीको जलले नुहाइदिन्थे । विचमा वस्ने साथीहरु त्यति सारो नभिजेपनि हामी अगाडि बस्ने बेसी भिजेका थियौ त्यसपछि पछाडिका साथीहरु ।  “कालि खोला फनक्क घुमेको छैन माछि जाललाई केलाई बुझेको जाऊँ साईली बेनीबजार” को गीतले कालिगण्डकी नै गुञ्जयमान भयो । मित्र विष्णुले उक्त गित गाउनमा मलाई सघाए । “बेनीको बजार जता माया उतै छ नजर” यो गीत त छुट्ने कुरै भएन । गाईड ज्ञानुको “फरवार्ड”, “फास्ट फरवार्ड” “व्याकवार्ड”, “स्टप”, “होल्ड”, “डाउन” लगायतको निर्देशमा हामीले “प्याडल” चलाउदै गयौ । कतिपय अवस्थामा नदीको उच्च बहावले उनले भनेको निर्देशन र हामीले चलाएको प्याडलको दिशा फरक हुने । अमित दाईहरु चढेको डुङ्गा हुनुपर्छ २,३ ठाउँमा अड्कीयो । एक डुङ्गाका जलयात्रीहरुले अर्को डुङ्गाका जलयात्रीहरुलाई प्याडलको सहयाताले निथु्रक्क भिज्ने गरी छ्यापिदिँदाको पल सम्झन लायक थियो । त्यसमा पनि अस्ट्रीयाबाट आएका “सेफ काईट” का चालकले नेपालीमा बोल्ने प्रयास गर्थे । उनी हाम्रो प्राकृतिक सौन्दर्यता देखेर मख्ख थिए । “राम्रो छ” सम्भवत उनले यही नेपाली बाक्य प्रयोग गर्न जानेका थिए । बेला बेलामा राम्रो छ भनिरन्थे ।

जति मजा आइरहेको थियो जलयात्रामा २,३ ठाउँमा त्यतिनै जटिल पनि रहेछ । हामी अगाडि अगाडि गईरहेका थियौ । लस्ती नजिकै पुग्ने बेलामा वीचबाट लैजान खोज्दा खोज्दै हाम्रो डुङ्गा कुना तिर गयो र ढुंगामा अड्कीयो । त्यही मुन्तिर अलि जोखिम ठाउँ रहेछ । गाईडले तत्काल सबैलाई कुनातिर आउन इशारा गरेअनुसार सबै ¥याफ्ट त्यतै आए । नदीको ठूलै बहाव र जोखिम हुन सक्ने आंकलन गर्दै गाइडले सम्भवत हामी हिडेर जानु पर्ने र केही तलबाट मात्रै डुङ्गा चढ्ने भन्दै सम्भावित जोखिम हेर्न केही तल गए । त्यही बेलामा विस्तारै खम जीहरु चढेको डुङ्गा बग्न थाल्यो । सबै एकैठाममा डल्लो परेका थिए । धन्न गाइड ठीक समयमा आएर सबैलाई आ आफ्नो पोजिसनमा जान निर्देशन गरेर डुङ्गा कालिगण्डकी बहावसँगै जोखिमलाई छिचोल्दै गयो । त्यसपछि हाम्रो डुङ्गा पनि बग्यो । वास्तवमा ¥याफटीङ्ग गर्नु मजा त्यही जोखिममा भयो । गाइड ज्ञानुले “फास्ट प्याडल” चलाउन निर्देशन दिईरहेका थिए, नदीको बहावले प्याडल नै बगाउँला जस्तो  हुन्थ्यो ।

वास्तवमै जलयात्रा साहसिक यात्रा नै हो भन्ने अनुभव त्यही खोचमा भयो । गाईडले त्यो खोच पारगरेपछि कालिगण्डकीको पानीमा भिजाउनुसम्म भिजाए । डुङ्गालाई एकै ठाउँमा ४,५ पटक घुमाएर नदीको छहरामा लगेर थापे । चिसो मौसममा कालिगण्डकीको चिसो पानीमा भिज्दा ¥याफटीङ्गको वास्तविक मजा आयो । गाईड ज्ञानु भन्दै थिए, ¥याफटीङ्ग भनेको “गुड टिम वर्क” हो । सम्भवत अरुको भन्दा हाम्रो टिम वर्क गजब थियो, गाईडको भाषामा । हामीलाई गाइड गर्ने ज्ञानु भन्थे विदेशी नागरिकलाई डुङ्गा पल्याएन भने गुनासो गर्छन् । डुङ्गा पल्टने कुराले मनमा चिसो नपसेको होईन । तर संयोग म भने झन्डै १ मिनेट कालिगण्डकीमा विना डुङ्गा रहे । लस्ती भन्दा केही तल पुगेका थियौ । ठूलो छाङ आयो । डुङ्गा स्पीडमा गयो र फनक्क घुम्यो । खुट्टा लक गर्दागर्दै साह्रै देखेकोले समथर आउन लागेकोले भर्खर बाहिर के निकालेको थिएँ, डुङ्गाको पछाडिको भाग ढुंगामा ठोक्कियो । म नदीमा खसे । त्यसपछि एक हातले प्याडल अर्को हातले डुङ्गामा रहेको डोरी समाते । सुरुमा नदीमा खस्दासाथ डर लागेपनि डोरीमा समातेर एकछिन नदीमा बग्दा छुट्टै आनन्द आयो । पानीले कुम भन्दा तल सबै निथु्रक्क । त्यसपछि साथीहरुको सहायता फेरी डुङ्गामा चढे ।

नदीबाट माथि आईसकेपछि त भय भन्ने कुरो नै हरायो । ठुलो ठुलो खोच आउँदा झन मजा आउन थाल्यो ।चारवटा डुङ्गाका जलयात्रीहरुले एकले अर्कोलाई पानी छ्याप्दै चिसो मौसम र चिसो पानीलाई समेत चुनौति दिँदै समथर आउँदा फोटो खिच्ने, एकले अर्कोलाई पानीले छ्याप्ने, गीत गाउने, ओरालो, खोच आउन लाग्यो भने चिच्याउँदै ¥याफटीङ्ग जारी रह्यो । नदी किनारमा भेटीएका मानिस, वस्तीहरु, विद्यार्थीहरुलाई हात हल्लाउँदै, ४ बजे हाम्रो यात्रा मालढुङ्गामा पुगेर रोकियो । साथीहरुले नयाँपुलसम्म जाउँ भन्दै थिए तर जाडोले यात्रा त्यही टुंगायौ । डुङ्गा मालढुंगामा ल्याण्डीङ्गभएसँगै माघको चिसो र कालिगण्डकीको छालले भिजाएको महसुस बल्ल हुन थाल्यो ।  विशेष गरी विदेशी पर्यटकहरु कालिगण्डकी नदीमा जलयात्राका लागि आउने गरेको गाईड ज्ञानुले बताए । पछिल्ला केही वर्षयता नेपालीहरु पनि जलयात्रामा लालायीत देखिएका छन् । बेनी देखि मालढुंगासम्मको जलयात्रामा पनि प्रचुर सम्भावना रहेको उनले बताए । “जोखिम त अलि जोखिम नै छ तर पनि जलयात्रा भनेकै शाहसिक यात्रा हो, त्यसैले यो क्षेत्रमा पनि ¥याफ्टको प्रचुर सम्भावना छ” ज्ञानुले सुनाए ।

म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी महोत्सवको अवसरमा जलयात्रा गराएर त्यसको सम्भावना उजागर गरेको छ । यसलाई क्यास गर्न सक्ने हो भने म्याग्दीमा पनि ¥याफ्टीङ व्यवसाय फस्टाउन सक्छ । म्याग्दी उद्योग वाणिज्य संघ धन्यवादको पात्र त छदै छ । अब महोत्सवमा मात्र नभएर निरन्तर रुपमा हप्ता, १५ दिन वा १ महिनामा एक पटक बेनी–मालढुंगा जलयात्राको चाजोपाजो मिलाउनका लागि विशेष पहल गर्दा उपयुक्त देखिन्छ । अथवा अन्य कुनै निकाय, व्यवसायिक फर्मले पनि उक्त कार्यलाई अगाडि बढाउन सकिन्छ । मालढुंगामा कपडा चेञ्ज गरेर दुई कचौरा सुप, माछाको सुप र चियाको चुस्कीले ज्यानलाई आवश्यक तापक्रम पुगेपछि ज्यान बेनीतिर मोडियो । जलयात्रीहरुले मालढुंगाका स–साना रेष्टुराहरु भरिएका थिए । सुनिता म्याडले गाडिको व्यवस्था गर्दै हुनुहुन्थ्यो । म, खम सर, नन्दु र दुर्गा भने अलि छिटो आउनु पर्ने भएकोले ट्याक्सीमा “फेवा तालमा साईली डुङ्गा सललल……” गीतको म्युजिक सँगै ¥याफटीङ्गको अविस्मरणीय पललाई स्मरण गर्दै दिनमा त्यही कालिगण्डकी माथि डुङ्गामा बग्दै आएको नदीको शिर पच्छाउँदै बेनीतिर हुइकियौं ।