क्याम्पसचोकमा विधुतको जिर्णपोल कहिले हटाउने

  • २४ फाल्गुन २०७३, मंगलवार
  • धिरन खत्री
  • 2143 पटक पढिएको

n

म्याग्दी, २४ फागनु । बेनी सदरमुकामको क्याम्पसचोकमा विधुत लाइन जोडेकोे एकै ठाउँमा तिनओटा  पोल हुदाँ  यातायात तथा सर्वसाधारणलाई आवातजावातमा दैनिक समस्या भएको छ ।

सदरमुकामको क्याम्पसचोकमा बाटो सागुरो र चोक भएकोले दैनिक विद्यार्थी तथा अन्य सर्वसाधारण को घुईचो तथा सवारीसाधनको चाप बढी हुने ठाउँमा विगत लामो समयदेखि एकै ठाउँमा बेबारिसे रुपमा तिनओटा पोल रहको छ । विधुत तार जडान गरिएको पोलमा गाडीको ठक्करले जिर्ण बनेको छ।

क्याम्पसचोक टोलसुधार समितीले बारम्बार विधुत कार्यालयलाई जीर्णपोल र बेवारिसे पोल विगत ६ महिना देखि हटाउन निवदेन पेश गरेपनी हटाउन कुनै पहल नदेखाएको टोलसुधार समितिका सचिव ठाकुरप्रसाद सुवेदीले बताए ।

एकै ठाउँमा तिनओटा पोल रहेको  छ, विधुतलाइन जडान गरिएको दूइ ओटा पोलको तार नया पोलमा सारी जिर्ण पोल हटाउन विगत छ महिनादेखि  पटक पटक निवेदन पेश गरेपनि कुनै साचो विधुत कार्यालयले नदेखाएको उनले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l