मगर समुदायको पुख्यौली यानीमायाँ भाका महोत्सवमा (भिडियो सहित)

  • ४ माघ २०७४, बिहीबार
  • 3856 पटक पढिएको

म्याग्दी, ४ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा मौलिक कला संस्कृतिले प्राथमिकता पाएको छ । कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिलाई प्राथमिकता दिईएको हो ।

बुधवार मगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिने यानीमायाँ भाका महोत्सवमा प्रस्तुत गरिएको छ । नेपाल मगर संघ म्याग्दीले गाउँघरमा यानीमायाँ गाउँदा जस्तै झल्को दिने गरि आफ्नो मौलिक संस्कृतिको रुपमा रहेको यानीयाँलाई खुलामञ्चमा प्रस्तुत गरेका हुन् ।

परम्परागत रुपमा विवाह, बर्तबन्ध, पितृकार्य लगायतमा गाईने यानीमायाँ पछिल्लो समय लोपहुँदै गएको सन्दर्भमा मगर संघका कलाकारहरुले आकर्षक तरिकाले महोत्सवमा सो भाका प्रस्तुत गरेका थिए । दुई /तीन दिनसम्म निरन्तर गाईने उक्त यानी मायाँमा सुखमा खुसी र दुखमा बेदनाका भावहरुलाई समावेश गर्ने गरिन्छ ।