म्याग्दी महोत्सवको अवसरमा बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

  • २ माघ २०७४, मंगलवार
  • 2493 पटक पढिएको

म्याग्दी, २ माघ । म्याग्दी महोत्सवको अबसरमा बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय भलिबल र बास्केटवल खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष÷ महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहबाट खेलाडीहरुले सहभागिता जनाएका छन् ।

पुरुष भलिबलमा १०, महिला भलिबलमा ६ र बास्केटबलमा ६ वटा स्थानीय तहले सहभागीता जनाएका छन् । पहिलो दिन भएको पुरुष भलिबल प्रतियोगितामा मोदी गाउँपालीकाले अन्नपूर्ण र मंगला गाउँपालीकाले धौलागिरीलाई सोझो तिन सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसैगरी बेनी नगरपालीकाले रघुगंगा गाउँपालीकालाई सोझो तिन सेट आफ्नो पक्षमा पार्दै पराजित गरेको छ ।

बुधवार विहान पहिलो खेल जलजला गाउँपालिका र काठेखेला गाउँपालिकाबिच हुने र दोस्रो खेल बेनी नगरपालिका र कुश्मा नगरपालिकाको बिचमा हुने छ । महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष भलिबलको बिजेतालाई ७७ हजार ७७७ , उपबिजेतालाई ४४ हजार ४४४ र अनुशाषीत टिमलाई तिन हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, दितृय हुनेलाई २२ हजार २२२ र अनुशाषित टिमलाई दुई हजार रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।पुरुष बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ र दितृय हुनेलाई २२ हजार २२२ रुपैया सहित मेडल, ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । तस्बिरः तेजेन्द्र बानियँको फेसबुकबाट