बेनीमा बिसौ भुकम्प सुरक्षा दिवस मनाइयो

  • २ माघ २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 1545 पटक पढिएको

बेनी, २ माघ । म्याग्दीको बेनीमा मंगलबार बिसौ भुकम्प सुरक्षा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बेनीमा सन्देशमुलक र्‍यालीको आयोजना गरेर दिवस मनाइएको हो ।

जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा गरेर प्रशासन कार्यालय अगाडी पुगेर समापन गरिएको थियो । ¥यालीको क्रममा भुकम्पबाट हुन सक्ने सम्भावीत क्षत्ती न्युनीकरणका लागि अपनाउन सकिने उपाएको बारेमा सन्देशमुलक पर्चा वितरण गरिएको थियो ।

¥यालीपछि आयोजित कोणसभामा प्रजिअ कृष्णप्रसाद भुकम्पीय क्षत्ती न्युनीकरणका लागि सुरक्षित आवास, भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका ईञ्जिनियर सुजना भारी र खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीका प्रमुख ईश्वरीप्रसाद पौडेलले भुकम्पीय सुरक्षाका लागि भवन निर्माण संहिता २०७२ को कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।

सन्तोष गौतम