जेष्ठ नागरीकलाई सम्मान

  • २३ फाल्गुन २०७३, सोमबार
  • 2459 पटक पढिएको

म्याग्दी, २३ फागुन । बेनी नगरपालीका ७ का जेष्ठ नागरीकहरुलाई सोमबार सम्मान गरिएको छ । वडा नागरीक मञ्चले विपन्न जेष्ठ नागरीकलाई लत्ताकपडा वितरण र सम्मान गरेको छ । IMG_3731

६ जना विपन्न, अशक्त, अपाङ्ग जेष्ठ नागरीकलाई ५३ हजार रुपैया बराबरको सिरक, डसना, वेडसिट, सिरकको खोल, सिरानी, जकेट र स्वीटर वितरण गरिएको हो । सतबिर किसान, कृष्णकुमारी पुन, भैरबहादुर बिक, कृष्णलाल श्रेष्ठ, मानबहादुर श्रेष्ठ र कविराज बिकलाई सामाग्री उपलब्ध गराइएको वडा नागरीक मञ्चले जनाएको छ ।

वडा नागरीक मञ्चका संयोजक भुनु तिलीजाको अध्यक्षता, हेमबहादुर भण्डारीको सञ्चालन र ठाकुरप्रसाद शर्माले उद्देश्यबारे प्रकाश पार्नुभएको कार्यक्रममा वडा सचिव कृष्णप्रसाद सुवेदीले सामाग्री वितरण गर्नुभएको थियो ।