बिद्युत नियमित गर्न स्थानीयको माग

  • २३ फाल्गुन २०७३, सोमबार
  • सुन्दर कुमार थकाली
  • 2770 पटक पढिएको

मुस्ताङ,फागुन,२३,—मुस्ताङमा बिद्युत सेवालाई नियमित गर्नुपर्ने माग राख्दै जिल्लाका सरोकारवाला निकायको  एक टोलीले सम्वन्धित निकायमा ज्ञापनपत्र बुझाएका छन् ।जोमसोम स्थित स्थानीय महिला समुहको अगुवाईमा स्थानीयवासीको एक टोलीले सोमवार पुथाङ एयरपोर्ट जोमसोममा रहेको निलगिरी उपभोक्ता सहकारी संस्था र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लामो समय देखि नियमित हुन नसकेको बिद्युत सेवालाई यथाशिघ्र सुचारु गराई साविक अनुसार बिद्युत सेवा नियमित गर्न माग राख्दै ज्ञापनपत्र पेश गरेका हुन्।

unnamed
जोमसोम महिला समुहकी अध्यक्ष शर्मिला गुरुङ र न्यू नीलगिरी बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष शर्मिला गुरुङ द्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्र समुहकी सचिव प्रमिता थकालीले पढेर सुनाएकी थिईन्।टोलीद्धारा जारी ज्ञापनपत्रमा सर्वसाधारणको जीवन यापन संग जोडिएको बिद्युत सेवा अवरुद्धले  नजीकै आईरहेको उच्च माध्यमिक तहका प्रशिक्षार्थीहरुको पढाई प्रभावित हुने अवस्था देखिएको र जिल्लामा रहेका स्थानीय बासिन्दा अध्यारो भित्रै बस्नुपर्ने बाध्यता रहेको जनाएको छ । बिद्युतका कारण सरकारी गैर सरकारी निकायहरुको कार्यसम्पादन असहज बन्दै गएको र ईमेल ईन्टरनेट,टेलिभिजन लगायत दैनिक जिवन यापन संग सरोकार राख्न प्रयोग गरिने बिद्युतीय गतिबिधि समेत संञ्चाालन गर्न असहज अवस्था देखा परेकाले छिटो भन्दा छिटो बिद्युत आपूर्ती नियमित गरेर सेवा संञ्चालन गर्नुपर्ने माग राखेका थिए।साथै बिद्युत सेवालाई नियमित गर्न ढिलाई गरिए कठोर कदम चाल्न बाध्य हने उनीहरुले बताएका छन् ।
डेलिगेशनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका करिव ३५ जना महिला समुहको टोलीले प्रजिअ भीमराज पोख्रेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । प्रजिअ पोख्रेलले म्याग्दीको दाना गाविसमा हावाहुरीका कारण बिद्युत आपूर्तीमा शहज हुन नसकेको जानकारी दिए ।उनले बिद्युत  पोल कहाँनेर ढलेर अवरुद्ध भएको अझै पहिचान हुन नसकेको भन्दै म्याग्दी र मुस्ताङबाट प्राविधिक टोली परिचालन भैईसकेकाले एकदुई दिनभित्रै बिद्युत नियमित हुने बिश्वास दिलाए ।उनले स्थानीय जागरुक भएर आफ्ना माग र गुनासोलाई ध्यानआर्कषण गराउनु प्रशंसनिय भएको बताउदै मागलाई संम्वोधन गर्न म्याग्दी स्थित बिद्युत प्राधिकरणमा फरवार्ड गरिने जानकारी दिए ।
यसअधि जोमसोम महिला समुहको टोलीले मुस्ताङमा बिद्युत सप्लाई गर्ने जिम्मा लिएको नीलगिरी उपभोक्ता सहकारी संस्थाको कार्यालयमा पुगेर बिद्युत सेवा नियमित आपूर्तीका लागि ध्यानआर्कषण गराएका थिए ।कार्यालयले स्थानीय चोखोपानी जलबिद्युत पावर हाउसबाट जम्मा १२५ किलोवार्ड मात्र बिद्युत उत्पादन हुने गरेकाले समस्या देखिएको बताएको छ। कार्यालयका अनुसार गत वर्ष निलगिरी हिमालको हिमपहिरोका कारण म्याग्दीको दाना गाविस नारच्याङमा रहेको घराप खोला हाईड्रो पावर संञ्चालन हुन नसकेको र एकसात अघि म्याग्दीमा आएको हावाहारीले बिद्युतीय पोल ढलेका कारण बिद्युत सेवा सुचारु हुन नसकेको स्पष्ट पारेको छ ।‘हावाहुरीले क्षती पू¥याएका स्थानको पहिचान हुदैछ । प्राविधिक टोली खटिएका छन्’कार्यालय प्रमुख सन प्रसाद थकाली भने‘एक साता भित्र क्षती पुगेका स्थानहरुमा मर्मत गरी केन्द्रिय लाईन सुचारु गर्ने छौ।’
मुस्ताङमा बिद्युत सप्लाई गर्ने निकाय जिम्मेवार बन्न नसकेको स्थानीयहरुको आरोप छ ।यतिबेला दैनिक १६ घण्टा भन्दा बढी लोड सेटिङ हुने गरेको छ ।उपलब्ध बिद्युत समेत कम भोल्टेजका कारण काम गर्न कठिनाई भएको समुहकी अध्यक्ष शर्मिला गुरुङले बताईन् ।देशका गाउ शहरमा लोड सेटिङ हटाउने सरकारी गुरुयोजना रहेता पनि लामो समय सम्मको बिद्युत अनियमितताले यहाँका सर्वसाधारण मर्कामा परेका छन् । त्यस्तै म्याग्दी जिल्लामा आएको हावाहुरीले घोरेपान्मिा रहेको नेपाल टेलिकमको टावर समेत प्रभावित बन्दा मुस्ताङमा ४८ घण्टा बढी संञ्चार संम्पर्क समेत अवरुद्ध बनेको थियो।

सुन्दर कुमार थकाली