निशूल्क आँखा शिवीरबाट करिब छ सय जना सेवा लिए

  • १ माघ २०७४, सोमबार
  • सन्तोष गौतम
  • 3321 पटक पढिएको

 

 

म्याग्दी १ माघ । बेनीमा सम्पन्न निशूल्क आँखा शिवीरबाट करिब छ सय जना लाभान्वित भएका छन् । बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शनिबार र आईतबार बेनी अस्पताल परिसरको आँखा उपचार केन्द्रमा सञ्चालन भएको शिवीर सोमबार बिहान समापन भएको छ । शिवीरमा ५९२ जनाले सेवा लिएको आयोजकले जनाएका छन् ।

सो मध्य ५२ जना मोतीया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको लायन्स कल्ब अफ बेनी महारानीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठले बताउनुभयो । शिवीरमा निशूल्क आँखा परिक्षण, मोतिया बिन्दुको शल्यक्रिया, औषधी, चस्मा वितरणका साथै परामर्श सेवा दिइएको थियो । हिमालयन आँखा अस्पताल पोखरा, बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक र बेनी नगरपालीकाको ६, ७ र ८ नम्बर वडा कार्यालयले आर्थिक सहयोगमा शिवीरको आयोजना गरिएको थियो ।

लायन्स कल्व अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, बेनी पिस सिटी, बेनी महारानी तथा लियो कल्व अफ म्याग्दी र बेनीले संयुक्त रुपमा शिवीरको आयोजना गरेका हुन् । कहिमालयन आँखा अस्पताल पोखराका चिकित्सक ईन्द्रमान अधिकारी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । लायन्स कल्वको आयोजनामा बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्रमा आँखा शिवीर आयोजना गरिदै आएको छ ।

 

 

सन्तोष गौतम