महोत्सव सिसि क्यामराको निगरानीमा

  • ३० पुष २०७४, आईतवार
  • धिरन खत्री
  • 1481 पटक पढिएको

 

म्याग्दी, ३० पुष । सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ति मेला सिसि क्यामरको निगरानीमा रहेको छ । म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा पुष २८ गतेदखि माघ १० गतेसम्म संचालन भएको महोत्सव सिसि क्यामराको निगरानीमा रहेको हो ।


४ नम्वर प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापारको प्रवधन गर्ने उद्देश्यले आयोजित महोत्सवलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि सिसि क्यामराको ब्यवस्था गरिएको टिकट ब्यवस्थापन समितिका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो । महोसत्वमा हरेकदिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीसंगै दोहोरीगित, नृत्य र खेलकुद लगायतका विविध कार्यक्रम रहेका छन् ।सो समयमा हुनसक्ने अप्रिय घटनालाई ब्यवस्थापन गर्न सिसि क्यामराको निगरानी राखिएको हो ।

जिल्लाको स्थानीय उत्पादनलाई बजार प्रर्वद्धन, कला र सस्कृतिको संरक्षण, कृषि, पर्यटन, जलविद्युत, खनिज र पशुपालन लगायतको क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने उद्धेश्यले आयोजित महोत्सवको गतिविधि सिसि क्यामरको निगरानी गरिएको हो । महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यट भित्र्याउने लक्ष रहेको छ । भने १८० ब्यवसायिक स्टल रहेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l