म्याग्दी महोत्सवको दोस्रो दिनः रत्यौली प्रतियोगितादेखि नेपाल आइडलकी प्रमिला राइको प्रस्तुती सम्म

  • २९ पुष २०७४, शनिबार
  • 1905 पटक पढिएको

म्याग्दी, २९ पुस । बेनीमा जारी छैटौं म्याग्दी महोत्सवको दोस्रो दिन शनिबार रत्यौली गित प्रतियोगिता हुने भएको छ । परम्परागत विवाहमा केटा पक्षको घरमा विवाहको दिन दुलही भित्र्याउनुभन्दा अगाडी गरिने नाचगानलाई संरक्षण गर्नको लागि सो गितलाई प्रतियोगिताको रुपमा राखिएको हो । रत्यौली गित को संरक्षणको लागि आयोजित प्रतियोगिता आज दिउँसो हुने प्रतियोगिताका संयोजक सुविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, आज नेपाल आइडलकी टप सेभेन प्रमिला राईको समेत उत्कृष्ट प्रस्तुती रहनेछ ।

शनिवार नै लोकगायक बैकुन्ठ महत, धौलागिरी लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटा, म्याग्दीका लोकप्रिय हांस्यब्यङ्ग रवी कार्की लगाएतको प्रस्तुती रहने आयोजकले जनाएको छ । आगामी माघ ७ गतेसम्म जारी रहने महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरका वस्तु तथा सेवाको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।