सातौँ बेनी बोर्डिङ कप माघमा

  • २५ पुष २०७४, मंगलवार
  • 1639 पटक पढिएको

म्याग्दी,२५ पुष  ।  बेनी बोर्डिङ आवासिय मावि अन्र्तगत रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा सातौँ बेनी बोर्डिङ कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय शहिद दिवसको अवसरमा माघ १३ देखि प्रतियोगिता सञ्चालन गर्न लागिएको जुरेस शिक्षक नायक विनोद घर्तीले जानकारी दिए ।

प्रतियोगितामा विद्यालयका आधारभुत तहमा अध्ययनरत विद्यार्थीले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा उपाधी विजेता टिमले नगद १७ हजार, रनिङ शिल्ड, ट्रफीर प्रमाणपत्र पाउनेछन् भने उपविजेता टिमले १० हजार, ट्रफी र प्रमाणपत्र पाउने विद्यालयले जनाएको छ । ‘माघ १२ गतेसम्म विद्यालयहरुले नामदर्ता गराउन सक्नेछ, तयारी पनि सुरु भइसकेको छ’, शिक्षक नायब घर्तीले भने । यसअघि, प्रकाश मावि र न्यू वेष्ट प्वाइन्टले २÷२ पटक, बेनी बोर्डिङ र केवी एकेडेमीले १÷१ पटक उपाधी जितेका छन् ।
विद्यालय तल्लो तहबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल पुस्कर कार्कीले जानकारी दिए । ‘कक्षा १० सम्मका विद्यार्थीका लागि जेसीजकप सञ्चालन भइरहेको छ भने हामीले कक्षा ८सम्मलाई समावेश गरेका छौँ’, उनले भने । विद्यालयहरुलाई सहभागिताका लागि पत्राचार गरिसकेको विद्यालयले जनाएको छ । बेनीको खुल्लामञ्चमा सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।