बेग –बाँदुक जोड्ने निर्माणधिन पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

  • २४ पुष २०७४, सोमबार
  • 4689 पटक पढिएको

म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन झोलुङ्गे पुलबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । आज साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको र सोही तार नभएको ठाउँमा झुक्कीएर दुई जना खसेको पुलमा कार्यरत अन्य कामदारहरुले बताएका छन् ।


पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणधिन पुलको करिब १५० मिटर तलको खोचमा फेला परेको घटनास्थलमा रहनुभएका नेपाल रेडक्रस सोसाईटी बेगखोला उपशाखाका सभापती पूर्ण परियारले जानकारी दिनुभयो । पुलबाट खसेर ज्यान जानेमा कैलाली मोहनाल घर भएका धनबहादुर क्षत्री र पुरन थापा रहेको परियारले बताउनुभयो ।

अहिले घटना स्थलतर्फ प्रहरीको टोली खटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ३ सय ६५ दशमल ८० मिटर लामो उक्त नेपालकै लामो निर्माणधिन झोलुङ्गे पुलको अग्लाई करिब १५० मिटर रहेको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको समयमा दुखत दुर्घटना भएको हो । घटना लगत्तै वडा अध्यक्ष बिल फगामी लगायत स्थानीयबासीको टोली घटनास्थलमा पुगेर सबको खोजीमा लागेका थिए ।