म्याग्देली कलाकार बोहोरा र बुढाथोकीले ल्याए ‘प्याउली फुल पयालै’ बजारमा (भिडियो सहित)

  • २२ पुष २०७४, शनिबार
  • 3432 पटक पढिएको

म्याग्दी, २२ पुस । म्याग्देली कलाकार सज्जन बोहोरा र लाली बुढाथोकीले ‘प्याउली फुल पयालै’ बोलको लोकदोहोरी गित म्युजिक भिडियो सहित बजारमा ल्याउनुभएको छ । बिहानी डिजिटलको प्रस्तुतिमा बजारमा ल्याईएको सो गितमा सज्जन बोहोराको शब्द तथा संगीत रहेको छ । सो गितमा गायक बोहोरा र गायीका लाली बुढाथोकीले स्वर दिएका छन् ।

नेपाली मौलिक भाकामा तयार गरिएको सो गितको म्युजिक भिडियो समेत निकै आकर्षक बनाईएको छ । उमेश गुरुङले निर्देशन गरेको सो म्युजिक भिडियोमा विनोद श्रेष्ठ, खेम गुरुङ, निर्मला थापा, मिरा राम्जाली लगायतले अभिनय र नृत्य गरेका छन् ।

मधुर बस्नेत र शम्भु चालिसेले छायांकन गर्नुभएको सो म्युजिक भिडियोको सम्पादन सुजन शाहीले गर्नुभएको हो । यसैबिच सो म्युजिक भिडियोलाई हालै युट्युब मार्फत सार्वजनिक गरिएको छ ।