मोना यूएईको पहलमा युएईमा पीडित बनेका चामला बुढाथोकी घर फर्किए

  • २० पुष २०७४, बिहीबार
  • 2047 पटक पढिएको

म्याग्दी, २० पौष । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी मंगला गाउपालिका वडा नस्२ चामला बुढाथोकी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको सारजा स्थित अलियाकिमा यसि कम्पनीमा बिगत ३ महिना देखि कार्यरत बुढाथोकीलाई कम्पनिले राम्रोसंग बस्न र तलब नदिएपछि घर फर्किन बाध्य भएका थिए ।


बाध्यताले विदेशिएका बुढाथोकी नेपालमा ठुलो रकम बुझाई ८ घन्टा काम गर्दा मासिक ५० हजार तलब हुने र धेरै काम गरे धेरै रकम मिल्ने साथै घर परिवारलाई ब्यवस्थित गर्ने लक्ष्यले युएई प्रस्थान गरेका थिए । तर त्यो भाग्यबस कम्पनिमा १२ घन्टा काम गर्दा पनि मासिक तलबले जिबन निर्बाह गर्न ग्राहो भएपछि घर फर्कने निर्णय गरेका थिए । घरमा जान्छु भन्दा कम्पनिले भिसाको पैसा तिर्नुपर्ने बताएपछि न्यायको लागि सारजा स्थित लेबर कोटमा जादा हवाई टिकट लिएर आए घरमा जानदिने निर्णय हुदा त्यो समयमा खान र बस्नकोलागि पनि पैसा नभएको अवस्थामा बुढाथोकीलाई मोना युएईले आपतमा परेका म्याग्देलीलाई सहयोग गर्दै आएको मोना युएईका महासचीव बिक्रम अधिकारी र अन्य साथिहरुसाथै मिडिया बाट थाहा भएको हुदा सहयोगको लागि बिक्रम अधिकारीलाई मोना युएईमा अपिल गर्न आग्रह गरेका थिए ।


मोना युएईको मासिक बैठकमा आएको उक्त प्रस्ताव लगत्तै संस्थाका अध्यक्ष प्रकाश कार्कि ज्युले टेलिफोन सम्पर्क गरि चामलाको अवस्थाको बारेमा बुझ्दै सस्थामा छलफल गरि हवाई टिकट दिलाउने सस्थाले निर्णय गरेको थियो ।कम्पनिको पिडा र हवाई टिकटको लागि आर्थिक जुटाउन समस्यामा परेका बेला घर जान पाउँदा चामलाले मोनाको महत्त्व र मोनाले गरेको सहयोग कहिल्यै भुल्न नसकिने बताएका थिए ।

 

सँस्थाका सचिव सुवास राम्जालीले हवाई टिकट सहित बुढाथोकीलाई बिदाई गरेका थिए । भने चामला सस्थाको सहयोगप्रती भाबुक हुँदै बिदाई भएका थिए ।