छोसेरको दिब्यदिपलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • २० पुष २०७४, बिहीबार
  • सुन्दर कुमार थकाली
  • 2135 पटक पढिएको

मुस्ताङ  । लोमान्थाङ गाउँपालिका २ छोसेरमा संञ्चालित घुम्ती बिद्यालयलाई पोखरामा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।सोही वडा निवासी लामा नाम्ग्याल गुरुङ र उनका सहयोगीहरुले चिसो छल्न पोखरा झरेका दिब्यदिप माध्यमिक बिद्यालयका बिद्यार्थीलाई पठन पाठन र शारिरीक बिकासमा सहयोग पु¥याउन उक्त सामागी बितरण गरिएको हो । साविकको लेखनाथ नगरपालिका बिजयपुर ब्यारेक नजिक रहेको घुम्ती बिद्यालयलाई बुधवार लामा नाम्ग्याल मार्फत बिद्यालयका प्राचार्य रामु श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरिएको हो।लामाद्धारा हस्तान्तरित सामाग्रीमा १० थान ह्वाईट बोर्ड,१ थान टेबुल टेनिस र खेलकुद सामाग्रीका साथै स्टेसनरी संम्वन्धी सामाग्री छन्।उपल्लो मुस्ताङमा संञ्चालित बिद्यालय मध्ये १ मात्र माध्यमिक स्तरिय दिब्यदिप बिद्यालयमा १ सय १० बिद्यार्थीले पठन पाठन गरेका छन् ।दिब्यदिपले संञ्चालन गरेको घुम्ती कक्षामा छोसेरका अन्य २ बिद्यालयलाई पनि मर्ज गरेर संयूक्त रुपमा कक्षा संञ्चालन गरिएको प्राचार्य श्रेष्ठले जानकारी दिए ।मर्ज गरिएका बिद्यालयमा छोसेरको सम्जुङ आधारभूत बिद्यालय र बालकल्याण आधारभूत बिद्यालय छन् ।

दिब्यदिपका १ सय १० र संम्जुङ आधारभूतका ४ बिद्यार्थी सहित १ सय १४ जना बिद्यार्थीलाई एकैठाउँमा राखेर घुम्ती कक्षाको पठन पाठन गरिएको छ भने बालकल्याण आधारभूतका शिक्षक मात्र सामेल छन् ।आधारभूत तह भनीएपनि बालकल्याणमा बालबिकास केन्द्रमा पढ्ने स—साना बालबालिका बाहेक अन्य बिद्यार्थी नभएको प्राचार्य श्रेष्ठको भनाई छ ।उनले स—साना वालबालिकालाई अभिभावकको जिम्मा लगाईएकाले शिक्षकको मात्र सहभागी भएको जानकारी दिए । शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्राचार्य रामु श्रेष्ठले चिसो छल्न पोखरा झारिएका बिद्यार्थीको शैक्षिक तथा शारिरीक बिकासमा योगदान पू¥याउने उद्देश्य रहेको यसप्रकारको सहयोगले बिद्यालयलाई थप उर्जा मिलेको बताए । लामा नाम्ग्याललाई सो अवसरमा बिद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।सम्मानीत लामा नाम्ग्यालले आफ्नो जन्मथलो उपल्लो मुस्ताङका बिद्यार्थीको शैक्षिक बिकासमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै बिद्यालयलाई धन्यवाद व्यक्त गरे ।

उनले शैक्षिक तथा आर्थिक बिकासले पछाडि परेको दुरदराजको छोसेरको शैक्षिक बिकास र समृद्धिको कामना गर्दे अर्को वर्ष पनि सहयोग जुटाउने बताए । हिमालपारि मुस्ताङमा कुल ५६ सरकारी,गुम्बा र आवासिय बिद्यालय संञ्चालनमा छन् ।जस मध्ये २१ वटा बिद्यालयले पोखराको बिभिन्न स्थानमा घुम्ती कक्षा संञ्चालन गरेका छन्।लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ ,छोसेर र छोनुप गरि १० बिद्यालय,दालोमे गाउँपालिकाको चराङ,मराङ, ताङ्बे,यारा,घारा र सुर्खाङका ६ बिद्यालय र बाह्रगाउँ मूक्तिक्षेत्रको छुसाङ र झारकोटको २ बिद्यालयले पोखरामा घुम्ती कक्षाको पठन पाठन संञ्चालन गरेको बिद्यालय नीरिक्षक टंकराज बरालले जानकारी दिए ।चालु शैक्षिक सत्र सकेर बेशी झारिएका बिद्यालयमा १८ वटा सरकारी,२ वटा गुम्बा र १ आवासिय बिद्यालय छन् ।यि बिद्यालयले मंसिर अगावै चालु शैक्षिक सत्रको पढाई सकेर बिद्यार्थीलाई बेशी झारिएको हो । यि बिद्यालयले हिउँदको चिसो अवधीभर घुम्ती पढाई संञ्चालन गरेर बैशाख महिनाको पहिलो साता साविककै स्थानमा लगेर कक्षा संञ्चालन गर्ने बिद्यालय नीरिक्षक बरालको भनाई छ ।हिउँदयामको समय मुस्ताङमा संञ्चालित बिद्यालयले चालु शैक्षिक सत्र सकेर जाडो बिदा दिएर बिद्यालय बन्द गर्छन् । घुम्ती कक्षाका साथै चैत्र महिनामा हुँने एसईई परिक्षाको पूर्व तयारीका लागि अतिरिक्त कक्षा संञ्चालन गर्न बिद्यार्थी पोखरामा झारिएको छ ।

सुन्दर कुमार थकाली