जेसीजकपको फाईनलमा भएका सनसनीपूर्ण गोलहरु (भिडियो सहित)

  • १८ पुष २०७४, मंगलवार
  • 1919 पटक पढिएको

म्याग्दी, १८ पुस । सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र माउण्ट एभरेष्ट आवसीय माविका खेलाडीहरुले गरेका सनसनीपूर्ण गोलहरु । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले रोमान्चक जित निकालेको छ ।

प्रतियोगिताको सुरुवातमा लगातार दुई गोल गरि अग्रता कायम गरेको माउण्टलाई दोस्रो हाफ पश्चात आक्रामक रुपमा प्रस्तुत भएका न्यू वेष्ट प्वाइन्टका खेलाडीहरुले दबाबमा मात्रै राखेनन्, तीन गोल गर्दै प्रतियोगिताको उपाधी समेत जिताए । प्रतियोगिता अबधिभर दुबै टिमबाट एक अर्काप्रति आक्रामक रुपमा गोल गर्ने प्रयासहरु धेरै भएपनि ती प्रहारहरु सफल हुन सकेनन् ।

पहिलो र दोस्रो हाफको सुरुवातमा एक÷एक गोल गर्दै २–० को अग्रता कायम गरेको माउण्टले दोस्रो हाफको मध्यदेखि वेष्ट प्वाइन्टको दबाबपूर्ण खेललाई छेक्न नसकेपछि वेष्ट प्वाइन्टले एकतर्फी तीन गोल गर्दै बिजयी हुन सफल भएको थियो । प्रतियोगितामा बिजेता वेष्ट प्वाइन्टका खेलाडीहरुलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा उप–बिजेता माउण्ट एभरेष्टलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।