बेनीमा १६ औँ जेसीज कप फुटवल प्रतियोगिता सुरु (फोटो फिचर)

  • १५ पुष २०७४, शनिबार
  • कमल खत्री
  • 1899 पटक पढिएको

म्याग्दी, १५ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा अन्तर मावि जिल्ला स्तरीय १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको सो प्रतियोगितामा जिल्लाका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता माउण्ट एभरेष्ट आवासीय माविले बिजयी सुरुवात गरेको छ । भिम मावि राजदाङलाई १ का विरुद्ध ४ गोल गर्दै माउण्टले बिजयी यात्रा सुरु गरेको हो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो ।


बेनीमा कक्षा १० सम्मका विद्यार्थिहरुबिच प्रतिस्पर्धा हुने र हरेक बर्ष आयोजना हुने जेसीज कपलाई विद्यार्थी खेलाडीहरु र विद्यालयहरुले प्रतिष्ठाको रुपमा लिने गरेका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगिता सञ्चालनको लागि यस बर्ष करिब रु ५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको प्रमुख प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ ।


प्रतियोगिताको अबसरमा चौथो जेसीजकप फुटवलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा स्थानीय युवा क्लबहरुबाट विगतमा जेसीज कपमा सहभागीता जनाएकै व्यक्तिहरुलाई अफिसियलको रुपमा परिचालन गरिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l