गाउँपालिका अध्यक्ष भण्डारीको व्यक्तिगत लगानीमा निर्मित फुलडाँडा–औल सडकको उदघाटन

  • १० पुष २०७४, सोमबार
  • कमल खत्री
  • 2580 पटक पढिएको

म्याग्दी, १० पुस । देशका कतिपय स्थानीय तहमा जनप्रतिनिधिले मनोमानी र आर्थिक अपारदर्शीता गरेका समाचारहरु आईरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने व्यक्तिगत लगानीमा सडक निर्माण गरि नमुना पेश गर्नुभएको छ । रघुगंगा गाउँपालिका–६ पाखापानी स्थित फुलडाँडादेखि औलसम्मको करिब ३ किलोमिटर सडक गाउँपालिका प्रमुख भण्डारीले व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको हो ।


गाउँपालिका प्रमुख भण्डारीले व्यक्तिगत रुपमा रु ३ लाख १० हजार लगानीमा पाँच मिटर पराकिलो ३ किलोमिटर सडक निर्माण गरिदिएपछि बर्षौदेखि सडकको पर्खाइमा रहेका औलबासी हर्षित भएका छन् । सो सडकको सोमबार एक समारोहका बिच उदघाटन गरिएको छ । आफ्नै लगानीमा निर्मित सडकको उदघाटन गर्दै गाउँपालिका प्रमुख भण्डारीले स्थानीय तह निर्वाचनमा आफुले औलबासी जनतासंग गरेको बाचा अनुसार सडक निर्माण गरेको बताउनुभयो ।


‘‘ मैले निर्वाचनमा जित÷हार जे भएपनि औलसम्म सडक ल्याउछु भनेको थिएँ, मैले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम गर्छु, यहाँका अन्य समस्याहरु पनि विस्तारै हल हुँदै जान्छन, तपाईहरु ढुक्क हुनुस,’’–गाउँपालिका प्रमुख भण्डारीले भन्नुभयो । सो सडक निर्माणपछि औलका करिब ६० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिका प्रमुख भण्डारीले व्यक्तिगत लगानीमा सडक खनेर निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गरि ईमान्दारीताको नमुना प्रस्तुत गरेको वडा अध्यक्ष मनकुमार शेरपुजाले बताउनुभयो ।


गाउँपालिका प्रमुख भण्डारीलाई सो अवसरमा देउतीनी आमा समुह र स्टार स्पोष्र्ट युथ क्बल औलको संयुक्त आयोजनामा भव्य सम्मान समेत गरिएको थियो । सोही अबसरमा वडा कार्यालयको रु १ लाख लगानीमा निर्माण भएको स्टार स्पोष्र्ट युथ क्बल औलको खेलकुद मैदानको समेत गाउँपालिका प्रमुख भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

वडाअध्यक्ष शेरपुजाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य ओम छन्त्याल, वडा ५ झिँका अध्यक्ष मनबहादुर शेरपुजा, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी, बेनपा– ८ का सदस्य हिमबहादुर भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
तस्बिरः मनकुमार शेरपुजा

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l