नेपालकै लामो बेग–बाँदुक झोलुङ्गे पुल !

  • १० पुष २०७४, सोमबार
  • 3390 पटक पढिएको

 

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुल । निकट भविश्यमा निर्माण सम्पन्न हुन लागेको यस पुल ३ सय ६५ दशमल ८० मिटर लामो छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ ।

बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि निर्माण हुन लागेको यस झोलुङ्गे पुल १४८ मिटर भन्दा बढी अग्लो हुने प्राविधिहरुको अनुमान छ । जिल्ला समन्वय समितिले रु ३ करोड ३२ लाख लागतमा निर्माण गर्न लागेको यस पुलको करिब ८५ प्रतिशत बढी काम सम्पन्न भएको छ । तस्विर : खिम फगामी