राखु भगवतीको आखाँ शिविरमा तिनसय २० जना लाभान्वित

  • २ पुष २०७४, आईतवार
  • धिरन खत्री
  • 2077 पटक पढिएको

म्याग्दी, २ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा शनिबार सम्पन्न आखाँ शिविरमा तिनसय २० जनाले सेवा लिएका छन् ।


लायन्स क्लव अफ म्याग्दी दोभानको आयोजना, रघुगंगा गाउँपालिकाको सह– आयोजना, आखाँ उपचार केन्द्र, म्याग्दीको प्राविधिक सहयोगमा आखाँ परिक्षण शिविर राखिएको थियो ।

वडा कार्यालयमा आयोजना भएको आखाँ शिविरमा रघुगंगा गाउँपालिकाको वडा २ र ३का ३सय २० जना सर्वसाधारणहरुले सेवा लिएको  शर्मिला थापाले जानकारी दिनुभयो ।

उक्त शिविरमा आँखा परिक्षण गरेका मध्ये १२ जनाको आखाँको अपरेशन  गर्नुपर्ने पहिचान भएको थियो । । शिविरमा आखाँ परिक्षण गर्न आएका सर्वसाधारणलाई आखालाई कमजोर हुनबाट बचाउने उपायबारे जानकारी गराईएको लायन्स कल्व दोभानकी अध्यक्ष लायन गिता रिजालले जानकरी दिनुभयो ।

गाउँमै अनुभवि डाक्टहरुको उपस्थितमा आयोजना गरिएको आखाँ शिविरमा राखु भगवती र राखु पिप्लेका सर्वसाधारणहरुलाई राहत मिलेका थियो । उक्त शिविरमा आखाँ विरामीलाई निशुल्क औषधी र चस्मा उपलब्ध गराईएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l