बेनी बचतद्धारा अनाथ बालबालीकालाई न्यानो कपडा वितरण

  • २९ मंसिर २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 1425 पटक पढिएको

 

म्याग्दी, २९ मंसिर । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको १७ औ स्थापना दिवसको अवसर पारेर बालगृहमा आश्रीत ११ जना अनाथ बालबालीकाहरुलाई ज्याकेट र पाईन्ट वितरण गरिएको हो ।

सहकारीका संस्थापक अध्यक्ष समेत रहनुभएका बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, पुर्व अध्यक्ष टंक हमाल, शिवकुमार श्रेष्ठ र अध्यक्ष रमेश गिरीले बालबालीकालाई कपडा वितरण गर्नुभएको थियो । सहकारीका अध्यक्ष गिरीको अध्यक्षता र सचिव लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठले संस्थाको गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो । नगरप्रमुख श्रेष्ठ र नेपाल बाल संगठन म्याग्दीका सभापती नेत्रबहादुर महतले सहकारी संस्थाहरुले सामाजिक गतिबिधिलाई पनी प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सन्तोष गौतम