मुस्ताङमा २ राप्रपाको जमानत जफत

  • २८ मंसिर २०७४, बिहीबार
  • सुन्दर कुमार थकाली
  • 1860 पटक पढिएको

एक प्रतिनिधि र दुई प्रदेशसभा भएको मुस्ताङमा पहिलो चरणको प्रदेशसभा ‘ख’निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रत्यक्षतर्फ दुई राप्रपा उम्मेदवारको जमानत जफत भएको छ । आयोगले खसेको मतको १० प्रतिशत मत अनिवार्य गरेपछि प्रजातान्त्रिकका प्रविण शेरचन र राप्रपाका नर बहादुर हिराचनको जमानत जफत हुँन पुगेको हो । प्रदेशसभा ‘ख’निर्वाचनमा नेपाली काग्रेस,नेकपा एमाले,राप्रपा र राप्रपा प्रजातान्त्रिक चुनाबी मैदानमा थिए ।यहाँ राप्रपाको गाई चिन्हले १२ मत र राप्रपा प्रजातान्त्रिकको हलो चिन्हले ३२ मत मात्र प्राप्त गरेका थिए ।बामगठबन्धनबाट बिजयी भएका एमालेका महेन्द्र बहादुर थकालीले २ हजार ५ सय ८४ मत र नेपाली काग्रेसका मिक्यूर गुरुङले २ हजार २ सय ५९ मत प्राप्त गरेका थिए ।

कुल मतदाता ६ हजार २ सय ७१ रहेको प्रदेश ‘ख’मा ४ हजार ९ सय ३७ मत खसेको हो ।यहाँ ५० मत बदर भएको छ ।प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा नेपाली काग्रेस र एमालेका २÷२ उम्मेदवारले मुख्य प्रतिस्पर्धा गरेका थिए ।जहाँ बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन र प्रदेशसभा ‘क’ ईन्द्रधारा बिष्टले निर्वाचन जितिसकेका छन् । मुस्ताङको समानुपातिकतर्फको मतगणनामा समेत एमाले पहिलो र नेपाली काग्रेस दोश्रो भएको छ ।समानुपातिकतर्फ एमाले ३ हजार २ सय ९४ मत प्राप्त गरेको छ भने काग्रेसले २ हजार ८ सय ९६ मत प्राप्त ग¥यो ।समानुपातिकतर्फ एमाले र काग्रेस बीच ३ सय ९८ मतअन्तर रहेको छ ।प्रतिनिधिसभामा काग्रेसका उम्मेदवार रोमी गौचन थकालीलाई एमालेका बिजयी उम्मेदवार तुलाचनले ३ सय ६३ मतअन्तरले जितेका थिए ।प्रतिनिधि सभा प्रत्यक्ष र समानुपाति मतपरिणाम हेर्दा जम्मा ३५ मत समानुपातिकतर्फ बढी छ ।

त्यस्तै समानुपातिकतर्फ राप्रपाको गाई चिन्हले १ सय ७० मत प्राप्त गरि तेश्रो भएको छ भने माओवादीकेन्द्रले १ सय २९ मत ल्याई चौथो भएको छ ।जिल्लामा कुनै प्रचार प्रसार नभएको र पार्टीको अस्तिव्त समेत नभएको बिबेकशिल साझा पार्टीको तराजू चिन्हले समानुपातिकतर्फ अप्रत्याशित नतिजा हासिल गरेको छ ।मुस्ताङमा बिबेकशिल साझा पार्टीले ५७ मत प्राप्त ग¥यो भने राप्रपा प्रजातान्त्रिकले ८ मत पायो ।भर्खरै उदाएको बिबेकशिल साझा पार्टीलाई कसरी यतिधेरै मत आयो समिक्षाको बिषय बनेको छ ।जानकारहरुका अनुसार मुस्ताङमा बसोबास गर्ने यहाँका कतिपय स्थानीय यूवा पोखरा र काठमान्डौमा व्यवसाय संञ्चालन गरेर बसेका छन् ।जसका कारण राजधानी बसोबास गरेको प्रभावले यसपटक समानुपातिकतर्फ मुस्ताङमा यूवाहरुले तराजू चिन्हमा मत दिएको अनुमान गरिएको छ ।

सुन्दर कुमार थकाली