वामगठबन्धन म्याग्दीले मतदातालाई दियो धन्यबाद

  • २४ मंसिर २०७४, आईतवार
  • 1625 पटक पढिएको

म्याग्दी,१५ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धन म्याग्दीले मतदातालाई धन्यबाद दिएका छन् । जिल्लामा प्रतिनिधि सभा र प्रदेश क्षेत्र नम्वर क र ख मा वामगठबन्धनका उम्मेद्वार विजयी भएपछि विज्ञप्ती मार्फत मतदातालाई धन्यबाद दिएको हुन् ।


मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका भुपेन्द्रबहादुर थापालाई प्रतिनिधिसभा सदस्यमा तथा विनोद केसी र नरदेवी पुनलाई प्रदेशसभाको ‘क’ र ‘ख’ को सदस्य पदमा सानदार मतले विजयी भएका थिए । विजय गराउन सहयोग गर्नुहुने म्याग्दी जिल्लाका सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार प्रकट गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेलले सयुक्त विज्ञप्ति मार्फत मतदातालाई धन्यबाद दिएका छन् ।

निर्वाचनका अवधिमा दुबै दलका नेता तथा कार्यकर्ताबीच प्रकट भएको पारस्परिक विश्वास, सद्भाव तथा समन्वयका कारण यस गठबन्धनले वाम एकताको आधारलाई अझै बल पु¥याउने हुदाँ चुनावी अभियानका दौरानमा म्याग्दी जिल्लाका नेता–कार्यकर्ता र शुभचिन्तकबीच देखिएको सहअस्तित्वको व्यवहारप्रतिले पाटी एकता मजबुद देखिएकोमा धन्यबाद दिएका छन् ।

जिल्लाको निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन अहोरात्र खटेका जिल्लाका मुख्य निर्वाचन अधिकृतलगायतका सम्पूर्ण पदाधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतका सुरक्षा निकायका सम्पूर्ण पदाधिकारीसहित निर्वाचन सम्पन्न गर्न आआफ्नो मतदान स्थलमा खटिनुभएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सञ्चारकर्मी, सुरक्षाकर्मी, म्यादी प्रहरीलगायत सरोकारवाला र प्रतिस्पर्धी राजनीतिक दलप्रति धन्यवाद दिएका छन् ।
आगामी दिनमा जनताले दिएको जिम्मेवारी पूरा गर्न अझै सतर्कता एवं इमानदारिताका साथ पुरा गर्ने प्रतिवद्धता विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।