म्याग्दीका तीनै सिटमा बाम गठबन्धन बिजयी: प्रतिनिधिसभामा एमालेका थापा , प्रदेशसभामा केसी र पुन बिजयी

  • २२ मंसिर २०७४, शुक्रबार
  • 3871 पटक पढिएको

म्याग्दी २२ मंसिर । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी हुनुभएको छ ।

प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी हुनुभएको हो । थापाका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नुभएको छ । थापाले गर्वुजालाई २ हजार ३२८ मतले पराजीत गर्नुभएको छ ।

त्यस्तै म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क र ख दुबैमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ ।

बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ बर्षका गौचनलाई २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ । यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ । बिजयी उम्मेद्वारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ । बेनीमा बाम गठबन्धनका कार्यकर्ताले बिजयी उत्सब मनाउने तयारी गरेका छन् ।