जोमसोममा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

  • १९ मंसिर २०७४, मंगलवार
  • सुन्दर कुमार थकाली
  • 2304 पटक पढिएको

मुस्ताङ  । १४ औ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर घरपझोङ गाउँपालिकाका ५ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलवार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।घरपझोङ गाउँपालिकाको आयोजनामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई हौसला र प्रोत्साहित गराउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो । ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा,स्वास्थ्य र समृद्ध राष्ट्रको निर्माणमा टेवा’ भन्ने उद्घोष सहित जोमसोम महिला सामूदायिक सभाहलमा आयोजित १४ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा वडास्तरिय महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।

स्थानीय स्तरमा स्वास्थ्यक्षेत्रमा महत्वपूर्ण योगदान गरेवापत घरपझोङ १ चिमाङकी अम्बिका थकाली,घरपझोङ २ मार्फाकी मन कुमारी परियार,घरपझोङ ३ स्याङकी शर्मिला थकाली,घरपझोङ ४ जोमसोमकी पुष्पा थकाली र घरपझोङ ५ ठिनीकी सिता थकाली सर्वोउत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कारबाट सम्मान भएका हुँन् ।कार्यक्रममा उनीहरुलाई जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङ र गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले खादा र नगद पुरस्कारले सम्मान गरे ।

कार्यक्रमको समूद्घाटन गर्दे जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले जिल्लाको दुरदराजका स्थानमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यमा पु¥याएको सामाजिक सेवा सहनीय भएको उल्लेख गरिन् ।उनले मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यसेवाले गरिव र बिपन्न समूदाय लावान्गित भएको बताईन् ।‘जिल्लाका कतिपय स्थानमा स्वास्थ्यचौकी पुग्न सकेका छैनन्, त्यस्ता बिकट स्थानमा स्थानीय स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्य संम्वन्धि जनचेतना अभिबृद्धि गरेको र राम्रो सेवा दिन सकेका छन्’उनले भनीन्‘मातृमृत्यूदर र बालमृत्यूदर न्यूनिकरण गर्न र बालवालिकालाई लाग्ने बिभिन्न संक्रमणबाट जोगिन प्रदान गरिने स्वास्थ्यसेवा सुविधा स्वयंसेविका मार्फत पू¥याउन सफल भएको छ ,यस्तो सुविधालाई थपपरिस्कृत र प्रोत्साहन गर्दे लैजान सकेमा कार्यक्रम प्रभावकारि हुँनेछ ।’

घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले आर्थिक वर्षमा गाउँपालिकाको ५ वटै वडालाई समान प्राथमिकतामा राखेर स्वास्थ्य बजेट बिनियोजन गरेको जानकारी दिईन ।उनले प्रत्येक वडामा महिला तथा बालबालिकाको स्वास्थ्यमा महिला स्वयंसेविकाले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताईन् ।त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका डा. राम शर्मा सुबेदीले स्वास्थ्य चौकी नपुगेका स्थानमा जिल्ला स्वास्थ्य कार्यालयले सहयोग गर्ने बताए ।स्वास्थ्य स्वयंसेविकाले नीजी स्वार्थ भन्दा माथि उठेर स्थानीय स्तरमा सेवा पु¥याउनु प्रंशनीयकार्य भएको उल्लेख गर्दे उनीलाई राज्यले थपसेवा सुविधा उपलब्ध गर्नसके दुरदराजमा स्वास्थ्यको पहुँच पुग्ने बताए । कार्यक्रममा नागरिक समाजका अगुवा चन्द्र बहादुर थकाली र मार्फा स्वास्थ्य चौकीका ईन्चार्ज एकराज बस्नेतले महिला स्वास्थ्य स्वयंसेविकालाई थप प्रोत्साहन गर्न सके कार्यक्रम प्रभावकारी हुँने बताए ।

नेपाल सरकारको स्वास्थ्य स्वयंसेविका कार्यक्रम देशका ७७ वटै जिल्लामा लागु भएका छन् ।स्थानीयतहको संरचना निर्माण भएपनि मुस्ताङको साविक १६ वटै गाविस जोडेर १ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।जसमध्ये घरपझोङ गाउँपालिकामा २० जना छन् ।घरपझोङको ५ वडामा २ लाख ३५ हजार बजेट यो कार्यक्रममा बिनयोजन भएको छ ।गर्भवती महिलाको दैनिक आहार,बिहार र संरक्षण ,वालवालिकालाई स्थनपान ,भिटामिन ए,वालवालिकालाई हुँने जुका,निमोनियाको रोगथाम,पोषण र खाद्य आदीमा स्वास्थ्य स्वयंसेविकाले जनचेतना र सेवा दिएको पाईन्छ । उपाध्यक्ष शर्मिला गुरुङको अध्यक्षता भएको कार्यक्रममा स्वागत वडा नं २ का वडाअध्यक्ष मान बहादुर बिकको स्वागत र संञ्चालन निमित्त कार्यालय प्रमुख कर्ण बहादुर थकालीले गरेका थिए ।

सुन्दर कुमार थकाली