मोना कतारले साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाउने

  • १९ मंसिर २०७४, मंगलवार
  • 2343 पटक पढिएको

तिलु शर्मा पौडेल/ कतार । “प्रवासी म्याग्देली दृस्टि, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति कतार (मोना कतार) सामाजिक कार्यमा निरन्तर सक्रिय सस्था हो ।जिल्ला भित्र तथा बाहिर समाजका हरेक सामाजिक गतिबिधिहरुसँग प्रत्यक्ष सहकार्य गर्ने गरेको यस सस्थाको २०१७-१९ कार्यकालको दशौ मासिक तथा नियमित बैठक गत शुक्रबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष रमेस पौडेलको सभापतित्वमा बसेको बैठकमा सस्थाका सरक्षक रेशम शाही तथा प्रमुख सल्लाहकार किरण शाही विशेष अतिथि रहनु भएको थियो । सो बैठकमा विविध विषयमाथि छलफल गरिएको थियो ।

बैठकले लामो समयदेखि रिक्त केहि पदमा पद पूर्ति समेत गरेको छ । २०१७ -१९ कार्यकालका लागि आठौ अधिवेशनबाट कोषाध्यक्ष पदमा निर्वीरोध निर्वाचित भएका रमेश सुबेदी स्वास्थ्य अवस्थाका कारण कतार बसाइलाई बिट मारेको भनि उहाले नेपालबाट प्रेषित गर्नु भएको जानकारीलाई बैठकमा निर्णयार्थ छलफलको लागि पेश भए पश्चात उहाको परिस्थितिलाई मध्यनजर गर्दै रिक्त पदमा सस्थाका केन्द्रिय सदस्य थम कुमार गिरिलाई मनोनित गरिएको छ ।

गिरीको रिक्त सदस्य पदमा अन्नपूर्ण गाउपालिका वडा न.६ घाराका धन बहादुर बरुवाललाई सर्वसम्मत मनोनित गरिएको छ । त्यस्तै आफनो कतार बसाइलाई बिट मारेर स्वदेश फर्की सक्नु भएका कार्य समिति सदस्यहरु राम बहादुर घर्ति मगर र दिल छन्त्यालको ठाउमा क्रमस मङ्गला गाउपालिका ४ का गंगाधर कँडेल तथा रघुगङ्गा गाउपालिका ३ मौवाफाटका नबिन भण्डारीलाई मनोनित गरिएको छ । त्यस्तै विधानमा हरेक गाउपालिकाबाट एक/एक जना प्रतिनिधि कार्यसमितिमा रहने व्यवस्था अनुसार धौलागिरी गाउपालिकाको प्रतिनिधिको रुपमा सोहि गाउपालिका वडा नम्बर ४ का जित बहादुर पुनलाई मनोनित गरेको छ । त्यस्तै नया सदस्यहरुमा सोहि गाउपालिकाका सोम मगर,चक्र मगर, सहित मालिका गाउपालिका बिमका मोति जुग्जाली रहेका छन । साथै उक्त बैठकले मोना कतारको वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।

सन् २००३को मार्चको दोस्रो सुक्रबार स्थापना भएको मोना कतारले सोहि बारलाई मध्य नजर गर्दै आगामी ०९ मार्च २०१८ का दिनमा मोना कतारको १५ औ वार्षिकोत्सव तथा तेश्रो विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमलाई सफल बनाउन नेपालबाट राष्ट्रिय कलाकारहरुलाई कतार ल्याइने भएको छ । सभापति पौडेलले मोना कतारले गर्ने हरेक कार्यक्रमहरु आजसम्म सफल भएको र यस कार्यक्रमलाई पनि सफल बनाउनका लागि आ-आफ्नो ठाउबाट आजैदेखि लाग्न कार्यसमितिलाई आग्रह गर्दै बैठकको समापन गर्नु भएको थियो ।