आहा ! राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान (फोटो फिचर)

  • २५ कार्तिक २०७४, शनिबार
  • 3737 पटक पढिएको

म्याग्दी, २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान । धान खेतीमा सम्भावनायुक्त क्षेत्रको रुपमा परिचित राखुको मौवाफाँट, पिप्ले, कलेजाबाङ लगायतको क्षेत्रमा धान पाकेर पहेँलपुर बनेको फाँटहरु यहाँ देख्न सकिन्छ । बेनी नगरपालिका–९ गिठीनी र नेप्टेचौरबाट राखुतर्फ नियाँल्दा धौलागिरि र अन्नपूर्ण हिमालको काखमा पहेँलपुर धानको फाँट निकै आकर्षक देखिन्छ । यतिबेला खेतमा पाकेको धान भित्र्याउन कृषकहरुलाई भ्याई नभ्याई छ । शब्द /तस्बिरः कमल खत्री, म्याग्दीअनलाईन