अन्नपुर्ण गाउँपालिकामा कांग्रेस बाहेक अरुको बिक्लप छैन : गर्वुजा

  • २५ कार्तिक २०७४, शनिबार
  • 5819 पटक पढिएको

म्याग्दी, २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले अन्नपुर्ण गाउपालिका दाना ५ आमसभा गरेका छन् । आम सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य एवम् अन्नपुर्ण गाउँपालिका पं्रमुख क्या डमबहादुर गर्वुजाले यस गाउँपालिकामा नेपाली कांग्रेस बाहेक अन्य कुनै दलको बिकल्प नहरेको बताउनु भएको छ ।


सभामा प्रदेश सभा क का उमेद्वार पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले म्याग्दीको दिगो बिकास हुनलाई देशमा राजनितिक स्थिरताको र राष्ट्रियताको रक्षाको लागि लोकतान्त्रीक गठबन्धन भएको बताउदै नेपालको समृद्ध बनाउन र देशको आर्थिक बिकास गर्नको लागि लोकतान्त्रीक गठबन्धनको लाई मतदान गर्न अनुरोध गर्नु भएको छ । प्रदेश तर्फ समानुपातिक उमेद्वार बिमला गौचनले म्याग्देली महिलाहरुको अधिकारकलाई संस्थागत गर्नको लागि आफ्नो समाबेशी उमेद्वारी दिएको बताउदै हरेक पिछडिएका महिलाहरुको अधिकारको लागि सधै लागि पर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस दाना गाउँ कार्य समितिका सभापति क्या बेलबहादुर पुनको सभापतित्व जिल्ला समन्वय समिति सदस्य मेख पुनको स्वागत आमन्त्रीत जिल्ला सदस्य ,आत्मा तुलाचनको संञ्चालनमा सम्पन्न भएको सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य केबी भण्डारी,महाधिबेश्न प्रतिनिधी तथा युवा नेता भरतबहादुर रकाल, बेनी नगरपालिका सभापति अनोद श्रेष्ठ, बेनी नगरपालिका उपप्रमुख सन्जु बरुवाल,क्या दलबहादुर पुन ,क्या रबिन्द्र ,डम्मर बहादुर सुबेदीले नेपालको ईतिहास हेर्ने र सुन्ने भने नेपाललाई परिवर्तन गर्न सक्ने लोकतान्त्रीक गठबन्धनले मात्रै हो,कम्युनिष्टहरुले त नेपालका दलित,जनजाति,र गरिबमाथी राजनिति गरेको र उनिहरुलाई ढुङ्गा बनाई आफुहरु खोला तर्ने गरेको बताएका छन ।