भकिम्लीमा बाम गठबन्धनको चुनाब प्रचार समिति गठन

  • २० कार्तिक २०७४, सोमबार
  • 2421 पटक पढिएको

आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि बाम गठबन्धन म्याग्दीले चुनाब प्रचार प्रसार अभियानलाई तिब्र बनाएको छ । अभियान अन्र्तगत सोमबार बेनी गनरपालिका –३ भकिम्लीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र बामपन्थी नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । सो भेलाले बाम गठबन्धनको पक्षमा निर्वाचनको वातावरण तयार गर्नका लागि डिलबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय चुनाब परिचालन बिशेष समिति र ६१ सदस्यीय चुनाब प्रसार प्रसार समिति गठन गरेको छ ।

खिमबहादुर पुनको अध्यक्षता र गेमबहादुर घर्तिको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय बामपन्थी नेता पदम पुन लगायतको बिशेष उपस्थिती रहेको थियो । सो भेलाले आसन्न निर्वाचनमा बामपन्थीको पक्षमा मतदान गर्न आह्वान समेत गरेको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर बिजयी भएका वडा अध्यक्ष पदम पुन लगायतको टोलीले आसन्न निर्वाचनमा बामपन्थीहरुलाई समर्थन गर्ने भएपछि भकिम्लीमा बाम गठबन्धन बलियो बनेको छ । बाम गठबन्धनको पक्षमा प्रचार प्रसारको लागि स्थानीय सक्रिय बामपन्थी युवाहरु सन्दिप न्युरे, तारामिलन छन्त्याल लगायतका युवाहरुले सक्रियता समेत देखाएका छन् ।