देविस्थानमा लोकतान्त्रिक गठबन्धनको चुनाबी आमसभा

  • २० कार्तिक २०७४, सोमबार
  • 2037 पटक पढिएको

म्याग्दी, २० कात्तिक । मंसिर १० गते हुने पहिलो चरणमा हुन लागेको चुनावी अभियान अन्र्तगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनको चुनावी आम सभा मालिका गाउँपालिका वडा ५ देबिस्थानमा सम्पन्न भएको छ । आम सभालाई सम्वोधन नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खमबहादुर गर्वुजा(खम्वीर)ले म्याग्दीको राजनितिलाई हामीले करिव २० वर्ष निहाल्दै गर्दा हाल सम्म म्याग्दीमा कम्युनिष्टहरुको नेतृत्वले कुनै बिकास निर्माण हुन नसकेको र रोजगार, आर्थिक अवस्था अझै कष्टकर भएको उल्लेख गर्दै आफुले जितेमा जनताले चाहे अनुरुप म्याग्दीलाई रुपान्तरण गर्ने बताउनु भयो ।

देश र जनताको हितको लागि काम गर्ने पार्टी भनेको नेपाली कांग्रेस भएकोले आफ्नो बिजय भए कम्युजिष्टहरुले २० वर्षमा गर्ने नसकेको परिवर्तन ५ वर्ष गरेर देखाउने दावी समेत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश सभा ख का उम्मेद्वार म्या अमलाल फगामीले पश्चिम भेगलाई नमुृनाको रुप दिनलाई र आफ्नो काम गर्ने ईमान्दारीता लाई हेरी पश्चिम म्याग्दीका जनताहरुको मत पाउने बताउदै नेपाली कांग्रेसको बिजयीले नै देशलाई समृद्ध बनाउने बताउनु भएको छ ।

नेपाली कांग्रेस देविस्थान गाउँकार्य समितिका उप सभापति भोगबहादुर घर्ति मगरको सभातित्व, नेपाली कांग्रेस जिल्ला सदस्य रेक बहादुर पुनको स्वागत,सचिव सन्दीप बिकको संचालनमा सम्पन्न भएको कार्यक्रमाम समानुपातिक उमेद्वार बिमला गौचन, नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारी, अजयमिलन श्रेष्ठ, मनकुमारी बिक, ओम छन्त्याल, युवा नेता भरतबहादुर रकाल, बेनी नगरपालिका नेपाली कांग्रेस सभापति अनोद श्रेष्ठ, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, स्थानिय अगुवा कार्यकर्ता दुर्गा बुढाथोकी , राप्रपाका योगेन्द्रमान शेरचनले नेपालको राष्ट्रियता जोगाउनको लागि र देशलाई बचाउन, संविधानको संसोधन ,कार्यन्वयन आर्थिक बिकास संगै समृद्ध नेपालको लागि लोकतान्त्रीक गठबन्धनको बिजयी आबश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो । सो अबसरमा युवा संघ देबिस्थान गाउँ कमिटीका सचिव एबम् सुर्य मुखी युवा क्लकका पुर्व अध्यक्ष तारक घर्ति मगर सहितको स्थानीय कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समिति म्याग्दीले जानकारी दिएको छ ।