दोहोरो जिम्मेवारी पुरा गर्दै आमा ! (फोटो कथा)

  • १६ कार्तिक २०७४, बिहीबार
  • 4075 पटक पढिएको

म्याग्दी, १६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने दुर्गम ठाडखानीमा जंगलबाट दाउराको भारी माथि बच्चा बोकेर घरतर्फ फर्कदै गरेकी महिला (आमा)। ग्रामिण भेगमा आमाहरुले यसरी नै आफ्नो दैनिकी संगै बालबच्चा हुर्काउने गर्छन् । सृष्टिकर्ताको रुपमा चिनिने आमाले कसरी छोराछोरीलाई हुर्काउछन ? तस्बिर आफै बोल्छ । भनिन्छ साहुको रिन नतिरे सन्ततीले तिर्छन तर आमाको भारा न कसैले तिरेरे सक्छ नत कहिल्यै तिर्न सकिन्छ। आफ्नो छोराछोरी हुर्काउन जतिसुकै संघर्ष गर्न किन नपरोस आमा कहिल्यै थाक्दीनन् । बरु छोरोछोरीको मुहारमा खुसी बढ्दै गएपछि उनी सबैभन्दा धेरै त्यतिबेला नै मुस्कुराउँछीन् । अनेक दुख कष्ट गरि छोराछोरीलाई हुर्काउछीन आमाले । विद्यालयमा पढाउन लैजान्छिन आमाले । अनि उनीहरुकै पढाई खर्च जुटाउन पसिना बगाउँछीन आमाले । न कुनै सर्त न कुनै आसा मात्र भरोसामा । भोली सन्ततीको समुज्वल भविश्य देख्ने चाहना । तिनै आमाहरुको यथार्थता बोल्ने एक तस्बिर हो यो । एकपटक सबै आमाहरुलाई सम्मान । शब्द/तस्बिरः कमल खत्री, म्याग्दीअनलाईन डटकम