मंगला क्याम्पसमा मतदान सम्पन्न, म्याग्दी क्याम्पसमा जारी

  • १८ फाल्गुन २०७३, बुधबार
  • कमल खत्री
  • 3033 पटक पढिएको

2

म्याग्दी,  १८ फागुन । बाबियाचौर स्थित मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि बुधबार मतदान सम्पन्न भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सकिएको र ५२ जना मध्य ५१ ज्नाले मतदान गरेको निर्वाचन अधिकृत गमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना बिदेश गएका मतदाता बाहेक सबैले मतदान गरेका छन् ।

????????????????????????????????????

म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्यक्ष निर्वाचीत हुने अध्यक्ष, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि २९ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् । मंगला शिक्षा क्याम्पसमा प्रत्यक्ष निर्वाचित हुने तिन पदाधीकारी र ४ सदस्यका लागि चार वटा प्यानलबाट २१ जना उमेद्वार छन् ।

4

आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा यस पटक २८ वर्षे उमेर हदबन्दी र समानुपातीक व्यवस्था लागू भएको छ । उपाध्यक्ष, सहसचिव र विद्यार्थी संख्याको आधारमा सदस्य पदमा विद्यार्थी संगठनले पाउने मतको आधारमा मनोनीत हुने व्यवस्था छ ।

5

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l