विशेष
बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि लघु जलविद्युत् परियोजना बन्द
- 8 बर्ष, 2 महिना अगाडि
- १३ असार २०७४, मंगलवार
म्याग्दी, १३ असार । बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पु¥याएको छ । विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर... पुरा पढ्नुहोस
दश वर्षमा साढे पाँच किमी सडक विस्तार हुँदै दिच्याममा पुग्यो सडक
- 8 बर्ष, 2 महिना अगाडि
- १३ असार २०७४, मंगलवार
म्याग्दी, १३ असार । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि दिच्याम जोड्ने सडकको ट्र्याक निर्माण कार्य १० वर्षपछि बल्ल पूरा भएको छ । विसं २०६४ देखि सुरु भएको दरवाङ–दिच्याम सडकको पाँच किलोमिटर ५०० मिटर सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता पुरा भएको हो । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय... पुरा पढ्नुहोस
रघुगंगा २ को वडा कार्यालय भवन जिर्र्ण
- 8 बर्ष, 2 महिना अगाडि
- १३ असार २०७४, मंगलवार
म्याग्दी,१३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा कार्यालय भवन जिर्ण भएको छ । शिरशिरे डाँडामा रहेको भवन जिर्ण हुदाँ दैनिक रुपमा नागरिकलाई दिईने सेवाप्रवाहमा समस्या भएको हो । २०७२ बैशाख १२ गते गएको भुकम्पले तत्कालिन समयमा रहेका गाविस कार्यालयको भवन जिर्ण बनेको थियो । लामो समय भवन जिर्ण... पुरा पढ्नुहोस
बुद्धीविकास माविमा एक करोड बढी लगानीमा कक्षाकोठा भवन निर्माण
- 8 बर्ष, 2 महिना अगाडि
- १२ असार २०७४, सोमबार
म्याग्दी, १२ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा एक करोड बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेयलफेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड २ लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो । भवन निर्माणमा गोर्खा वेयलफेयर स्किमको रु ९१ लाख... पुरा पढ्नुहोस
जनप्रतिनिधिका एक महिना सम्मान र तालिममै बिते
- 8 बर्ष, 2 महिना अगाडि
- १२ असार २०७४, सोमबार
म्याग्दी, १२ असार । धवलागिरि गाउँपालिका प्रमुख थमसरा पुनसँग निर्वाचित भएको एकमहिनामा जति गर्नुपर्ने हो, त्यति गर्न नसकिएको अनुभव छ । उह्ाँको अधिकाँश समय विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिम र सम्मानमै समय बित्ने गरेको छ । ‘संघीय संरचना अनुसार पहिलोचोटी भएको यो स्थानीय तहको अभ्यास नै नयाँ छ, धेरै कुरा... पुरा पढ्नुहोस
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त
- 8 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७४, आईतवार
म्याग्दी, ११ असार । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त हनुुभएको छ । सर्वोच्च अदालतमा मुख्य रजिष्टारको पद सृजना गरी सुवेदीलाई नियुक्त गरिएको हो । हाल न्याय परिषद्को सचिव रहनुभएका सुवेदीलाई न्याय सेवा आयोगको बैठकले नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा रजिष्टार रहने ब्यवस्थालाई संशोधन गरी मुख्य... पुरा पढ्नुहोस
गुल्मीमा दुई पत्रकार वडाध्यक्षमा भिड्दै
- 8 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७४, आईतवार
असार ११ ।गुल्मी जिल्लामा दुई जना पत्रकार स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका छन् । जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१, साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट पत्रकार घनाश्याम खरेल र रेसुङ्गा नगरपालिका वडा नम्वर– ६ साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी प्रतिष्पर्धामा उत्रिएका हुन् । खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव... पुरा पढ्नुहोस
ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो
- 8 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७४, आईतवार
११ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बैंस हराएको टीप्पणी गरेका छन् । बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस-माओबादीको गठबन्ध अप्राकृतिक भएको बताए । ‘बुढो कांग्रेसलाई आलोचना गर्ने मन छैन’ भन्दै भाषण शुरु गरेका उनले धेरै समय कांग्रेस र माओवादीको आलोचनामै खर्चिए । कांग्रेस पाटपूर्जा जोडेको... पुरा पढ्नुहोस
बल्याक बेल्ट प्राप्त कराँते खेलाडीहरुलाई सम्मान (फोटो फिचर)
- 8 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७४, आईतवार
म्याग्दी, ११ असार । नेपाल सितेरियो कराते संघ म्याग्दीले विभिन्न समयमा बल्याक बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा एक कार्यक्रम आयोजना गरि संघले बल्याक बेल्टमा दिक्षित खेलाडिहरुलाई सम्मान गरेको हो । कार्यक्रमा गत बर्षको जेठमा पोखरामा दिक्षित भएका सागर चोखाल, बिना घर्तिमगर, क्रृस... पुरा पढ्नुहोस
डडुवामा लिफ्टीङ मार्फत खानेपानी पु¥याईदै, किस्ता निकासा नहुँदा योजना प्रभावित
- 8 बर्ष, 2 महिना अगाडि
- ९ असार २०७४, शुक्रबार
म्याग्दी, ९ असार । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीलाई लिफ्टीङ मार्फत खानेपानी सुविधा पु¥याउन तयारी गरिएको छ । जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाद्धारा डडुवामा गाउँदेखि तल रहेको पानीको मुहानबाट लिफ्टीङ प्रविधि मार्फत पानी तानेर गाउँमा खानेपानी वितरण गर्ने आयोजना सञ्चालन भएको हो। आर्थिक... पुरा पढ्नुहोस