म्याग्दी बालगृहका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

  • ९ पुष २०७४, आईतवार
  • 1471 पटक पढिएको

बेनी ९ पुष । म्याग्दी सुनचाँदी व्यवसायी संघ महिला समूहले आईतबार बेनी स्थित म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।समूहको प्रथम स्थापना दिवसको अवसर पारेर बालगृहमा रहेका ११ जना बालबालीकाहरुलाई टोपी र स्वीटर वितरण गरिएको हो ।

समूहका अध्यक्ष जानकी विश्वकर्माको अध्यक्षता, सचिव मिरा विश्वकर्माको सञ्चालन र प्रथम उपाध्यक्ष महालक्ष्मी बराईलीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्मा र नेपाल बाल संगठनका सभापति नेत्रबहादुर महतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।