विशेष
मोनाको तेस्रो सम्मेलन पोर्चुगलमा हुने
- 6 बर्ष, 8 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
बेनी १५ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो साधारणसभा पोर्चुगलमा हुने भएको छ । आगामी अक्टुबरको २१ र २२ तारिखमा पोर्चुगलको लिसबोन शहरको साना लिसओवा होटलमा हुने साधारणसभाका लागि मोनाका उपाध्यक्ष योगकुमार फगामीको संयोजकत्वमा साधारण सभा मुलआयोजक समिति गठन भएको छ । आन्तरिक तयारीका लागि भने... पुरा पढ्नुहोस
गाउँकै पाखो बारीमा समृद्धि खोज्दै युवा
- 6 बर्ष, 8 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दी, १५ भदौँ । घरखर्च चलाउन दैनिक सयौँ युवाहरु विदेश जाने क्रम बढिरहेको बेला एक युवा गाउँकै पाखो बारीमा समृद्धि खोजिहरेका छन् । केही समय विदेश बसेर स्वेदशमा फर्किएका रघुगंगा गाउँपालिका– २ एक्लीखेतका युवा बालकृष्ण केसीले आफ्नै पाखो खेतबारीमा निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै ब्यवसायिक कृषि खेती सुरु गरेका छन् ।... पुरा पढ्नुहोस
दुवाडीमा नयाँ खेल मैदान
- 6 बर्ष, 8 महिना अगाडि
- १४ भाद्र २०७५, बिहीबार
बेनी, १४ भदाैँ ।म्याग्दीको रघुगंगा–८ दुवाडीमा खेल मैदान निर्माण भएको छ । वडा कार्यालयको पाँच लाख रुपैयाँ सहयोगमा स्थानीय काली बराह युवा क्लबले नयाँ खेल मैदान निर्माण गरेको हो । पुरानो खेल मैदान र विद्यालय एकै स्थानमा हुँदा विद्यार्थीहरुको पठनपाठन समस्या सिर्जना भएकोले नयाँ खेल मैदान निर्माण गरिएको क्लबका सचिब... पुरा पढ्नुहोस
विपन्न परिवारका तिन बालबच्चाको शिक्षाको जिम्मा लियो शिखरले
- 6 बर्ष, 8 महिना अगाडि
- १४ भाद्र २०७५, बिहीबार
म्याग्दी, १४ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका तिन बालबच्चाको शिक्षाको जिम्मा शिखर अर्गनाईजेशन लिमिटेडले लिएको छ । शिखर अर्गनाइजेशन र माउण्ट एभरेष्ट माविको सहकार्यमा ८ बर्षिय ईश्वरी, ६ बर्षिय सरस्वती र ४ बर्षिय गणेश बानियाँको १ देखि १२ सम्मको शिक्षा सहयोग... पुरा पढ्नुहोस
प्रसुती सेवामा सास्तीः झिँका महिलाले मागे “बर्थीङ सेन्टर”
- 6 बर्ष, 8 महिना अगाडि
- १४ भाद्र २०७५, बिहीबार
म्याग्दी, १४ भदौ । बर्थीङ सेन्टरको सुबिधा नहुँदा म्याग्दीको दुर्गम क्षेत्रका महिलाहरुलाई सास्ती भएको छ । भौगोलिक रुपमा बिकट बस्तीका स्वास्थ्य संस्थामा प्रसुती केन्द्रको सुबिधा नहुँदा सुत्केरी हुनका लागि हजारौ खर्च गरेर सहरी क्षेत्रमा पुग्न बाध्य भएका हुन् । गरिब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा... पुरा पढ्नुहोस
दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग (भिडियो सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- १३ भाद्र २०७५, बुधबार
म्याग्दी, ११ भदौ । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पिडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । https://www.youtube.com/watch?v=nJhrgiQB4Z0&feature=youtu.be बुधवार अस्पतालमा आयोजित... पुरा पढ्नुहोस
फोक्सोको समस्याबाट थलिएकी बेगकी खिमकुमारीको जिवनरक्षाको लागि अपिल
- 6 बर्ष, 8 महिना अगाडि
- १३ भाद्र २०७५, बुधबार
म्याग्दी, १३ भदौ । फोक्सोमा गम्भिर समस्या देखिएर अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–१ की खिमकुमारी शर्मा (जयन्ती)को जिवनरक्षाको लागि घरपरिवारले सहयोगको अपिल गरेका छन् । बेग स्थित सिमफाँट घर भई हाल जलजला गाउँपालिका– ३ पर्वत बेनीमा बसोबास गर्दै आएकी ४२ बर्षिया शर्माको उपचारको लागि लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक... पुरा पढ्नुहोस
मृर्गौला पीडित विश्वकर्मालाई गलेश्वर योग शिविर केन्द्र मार्फत आर्थिक सहयोग
- 6 बर्ष, 8 महिना अगाडि
- १३ भाद्र २०७५, बुधबार
म्याग्दी १३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी मृगौला पिडित ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समिति मार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो । दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी... पुरा पढ्नुहोस
मनोकांक्षा पुरा हुने भएपछि ऋखार पुग्ने भक्तजन बढे (फोटो फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
म्याग्दी, १२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल ऋखारमा पुजा र दर्शनको लागि जाने भक्तजनहरुको सख्ंया बढेको छ । धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ पुग्ने भक्तजनहरुको सख्ंया बढ्दै गएको हो । जनैपूर्णिमाका दिन विशेष पुजा हुने... पुरा पढ्नुहोस
कान्छी बाराही मन्दिरको उद्घाटन
- 6 बर्ष, 8 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
शिख १२ भदौ । हालै पुननिर्माण सकिएको म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिख स्थित धार्मीक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको उद्घाटन गरीएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षीत गरी पर्यटन प्रर्वद्धन तथा धार्मीक स्थलको संरक्षण गर्ने उद्देश्यले मन्दिर पुननिर्माण भएको... पुरा पढ्नुहोस