विशेष
मुक्तिनाथ परिसरमा अण्डरवेयरको खात भेटीएपछि ….. (फोटो कथा)
- 6 बर्ष, 6 महिना अगाडि
- १४ कार्तिक २०७५, बुधबार
मुस्ताङ १४ कात्तिक । नेपालदेखि भारत सम्मका धर्मावलम्बीहरुको आस्थाको धरोहर बनेको हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ परिसरमा अण्डरवेयर ( कट्टु)को खात भेटिएको छ । मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारा र दुई कुण्डमा डुबेर स्थान गरेमा पाप पखालिने जनविश्वासले त्यहाँ पुग्ने सबैजसो भक्तजन र पर्यटकहरुले नुहाउने गर्छन् ।... पुरा पढ्नुहोस
गुर्जाको ‘गुस्तुङ पिक’ को सफल आरोहण
- 6 बर्ष, 6 महिना अगाडि
- १४ कार्तिक २०७५, बुधबार
म्याग्दी, १४ कात्तिक । धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो । आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस... पुरा पढ्नुहोस
चिमखाेलामा शेर जनिमा स्मृति पुरस्कारबाट १० जना विद्यार्थी पुरस्कृत
- 6 बर्ष, 7 महिना अगाडि
- १३ कार्तिक २०७५, मंगलवार
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिम्खोलाका स्व. शेरबहादुर गर्बुजा र जनिमा गर्बुजाको नाममा स्थापित ‘शेर जनिमा स्मृति पुरस्कार’बाट १० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । चिमखोलामा रहेका विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई जनही दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा चिम्खोला आधारभूत विद्यालय गौरामुनीमा अध्ययनरत प्रथम दिप्ती घर्ती (सुनार),... पुरा पढ्नुहोस
भकिम्लीका अति अशक्त नागरिकलाइ कैलास बैँकद्धारा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
- 6 बर्ष, 7 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
म्याग्दी, ११ कात्तिक । बेनी नगरपालिका – ३ भकिम्लीका अति अशक्त भएका व्यक्तिहरुलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । कैलास विकास बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस वडामा अति अशक्त, असाह्य र अपांगता भएका लाभग्राहीलाई गाउँमै पुगेर भत्ता वितरण गरिएको हो । वडा कार्यालय र... पुरा पढ्नुहोस
पूर्व विद्यार्थी शाहीद्धारा रघुगंगा माविमा ५ लाख बढीको अक्षयकोष स्थापना
- 6 बर्ष, 7 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
म्याग्दी, १२ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले रु ५ लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी कमल शाहीले आफ्नो दिवंगत बुबा देवबहादुर शाहीको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार... पुरा पढ्नुहोस
म्याग्दीअनलाईनका संयोजक छन्त्याललाई गृहगाउँ मल्कबाङमा भब्य सम्मान
- 6 बर्ष, 7 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
बेनी, १२ कात्तिक । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याललाई गृहगाउँमा भव्य सम्मान गरिएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङमा छन्त्याललाई स्थानीय युवा क्लब, आमा समुह, विद्यालय, पुख्र्यौली समुह र नौमती बाजा समुहले संयुक्त रुपमा सम्मान गरेका हुन् । दुर्गम गाउँबस्तीका समस्या र सम्भावना उजागर गरि गाउँसंगै सिंगो जिल्लाको विकासमा सञ्चार क्षेत्रमा... पुरा पढ्नुहोस
‘म्याग्दी पर्यटन र जलविद्युतको खानी’
- 6 बर्ष, 7 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
काठमाडौ १२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुले म्याग्दी पर्यटन र जलविद्युतको खानी भएको बताएका छन् । म्याग्दीमा रहेको जलविद्युत र पर्यटनको विकासमा सघाउने उनिहरुले प्रतिवद्धता जनाएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले सोमबार काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महासंघका पदाधीकारी र... पुरा पढ्नुहोस
बेनी बजार संरक्षणको लागि सरकारको ध्यानकर्षण गराईने
- 6 बर्ष, 7 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
बेनी, १२ कात्तिक । म्याग्दी जिल्ला सदरमुकाम बेनी बजार संरक्षणको लागि संघिय र गण्डगी प्रदेशको ध्यानकर्षण गराईने भएको छ । रघुगंगा र म्याग्दी नदीको कटानबाट जोखिममा परेको बेनी बजारको संरक्षणको लागि संघिय संसदका साँदस भुपेन्द्रबहादुर थापाको नेतृत्वमा डेलिगेशन जाने तयारी गरिएको हो । बेनी नगरपालिकाको संयोजनमा आईतवार बसेको सरोकारवलाहरुको छलफलबाट... पुरा पढ्नुहोस
घुम्ने सस्कारले बढायो पर्यटक आगमन, आन्तरिक पर्यटकको चहलपहल बढ्यो
- 6 बर्ष, 7 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
बेनी, १२ कात्तिक । दशैँ र तिहार पर्वमा धर्ति छोड्नुपर्छ भनेर लिङ्गे पिङ र चमच्चा चढ्ने पुरानो मान्यता रहिआएको छ । पछिल्लो समय यिनै पर्वहरुको अवसरमा हुने फुर्सदको मौकामा आफु बस्ने ठाउँ नै छाड्नुपर्ने अर्थात नयाँ ठाउँहरुको भ्रमण गर्नुपर्छ भन्ने नयाँ प्रचलनको थालनी पनि भएको छ । यसैबेलामा विदाको फुर्सदलाई... पुरा पढ्नुहोस
म्याग्दीमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
- 6 बर्ष, 7 महिना अगाडि
- ११ कार्तिक २०७५, आईतवार
म्याग्दी, ११ कात्तिक । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ म्याग्दीमा नेपाल प्रहरीको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गरिएको छ । शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको सो कार्यक्रमलाई प्रभाबकारी बनाउँदै शान्ति सुरक्षालाई मजबुत र बलियो बनाउन म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुखहरुले प्रतिशद्धता... पुरा पढ्नुहोस