विशेष

स्थानीय तह स्तरीय भलिबलको पुरुष महिला दुबैतर्फ मंगला गाउँपालिका बिजयी (फोटो फिचर)

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिला दुबै तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो ।... पुरा पढ्नुहोस

बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी

बेनी ६ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ ।कालीपुल खेलमैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । बेनपाले १०१ र अन्नपूर्णले ९८ स्कोर गरेका प्रतियोगिता सञ्चालन गरेको कालीपुल युनाईटेड कल्वका... पुरा पढ्नुहोस

मराङको आर्वाङमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना

म्याग्दी ६ माघ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङको आर्वाङमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको छ ।भौगोलिक बिकटताका कारण वडामा रहेको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य उपचार सेवा प्राप्त गर्नबाट असुबिधा भोग्दै आएका आर्वाङका बासिन्दाको सुबिधाका लागि गाउँपालीकाको पहलमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको हो । अर्वाङ स्थित गाउँघर किल्नीकको भवनमा... पुरा पढ्नुहोस

नगरपालिकाद्धारा नवनिर्वाचित सांसद्लाई सम्मान

म्याग्दी, ६ माघ । बेनी नगरपालिकाले प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी तीनजना सांसदलाई शुक्रबार सम्मान गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधीसभाका सदस्य भुपेन्द्र थापा, प्रदेशसभा ‘क’ का सांसद विनोद केसी र ‘ख’ की सांसद नरदेवी पुनलाई नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र वडाअध्यक्षहरुले फुलमाला र... पुरा पढ्नुहोस

सिफ्फो टु परियोजनाले किन खर्च लुकायो ?

म्याग्दी ४ माघ । म्याग्दीमा तिन वर्षदेखि लागू भएको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सि.आई.एफ.ओ.टु) नामक परियोजनाले बजेट र खर्च लुकाएको छ । परिवार नियोजन सेवामा सर्वसाधारणको पहुँच वृद्धी गर्ने उद्देश्यले अमेरीकी दातृ निकाय युएसआईडीको सहयोगमा सञ्चालन भएको परियोजनाले जिल्लामा प्राप्त र खर्च भएको बजेटको बारेमा जानकारी माग्दा सार्वजनीक गर्न... पुरा पढ्नुहोस

मगर समुदायको पुख्यौली यानीमायाँ भाका महोत्सवमा (भिडियो सहित)

म्याग्दी, ४ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा मौलिक कला संस्कृतिले प्राथमिकता पाएको छ । कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिलाई प्राथमिकता दिईएको हो । https://www.youtube.com/watch?v=twVKSN303lg&feature=youtu.be बुधवार मगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिने यानीमायाँ भाका महोत्सवमा प्रस्तुत गरिएको छ । नेपाल मगर संघ म्याग्दीले गाउँघरमा... पुरा पढ्नुहोस

चर्चित कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय (फोटो फिचर)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव चर्चित राष्ट्रिय कालकारहरुको प्रस्तुतीले संगीतमय बनेको छ । बुधवार चर्चित राष्ट्रिय कलाकाहरु प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतका कलाकारहरुको विशेष साँगेतिक प्रस्तुती रहेको थियो । माघ महिनाको चिसो मौसमको प्रवाह नगरिकन चर्चित कलाकारहरुको प्रस्तुतीमा रमाउन खुलामञ्च पुगेका दर्शकहरुले खुलामञ्च भरिभराउ... पुरा पढ्नुहोस

मिलन र प्रितीले नचाए म्याग्देलिलाई (भिडियो सहित)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरिरहेको छ । मंगलवार चर्चित राष्ट्रिय एवम स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुतीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरे । माघ महिनाको चिसो मौसमका बिच महोत्सवको साँगेतिक माहोलमा रमाउन खुला मञ्च पुगेका दर्शकलाई मंगलवार साँझ गायक... पुरा पढ्नुहोस

धौलागिरिमै पहिलो पटक म्याग्दी महोत्सवमा ‘एरोविक डान्स’ देखाईयो (भिडियो सहित)

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा धौलागिरिमै पहिलो पटक ‘एरोविक डान्स’ देखाईएको छ । फ्रि स्टार डान्स ग्रुप बेनीले निकै आकर्षक मानिने ‘एरोविक डान्स’ देखाएको हो । ग्रुपका सक्रिय कलाकार राजकुमार परियारले कोरियोग्राफ गरेको सो नाचलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले निकै रुचाएका थिए । भिडियो https://youtu.be/DH_e4iMbfp0... पुरा पढ्नुहोस

बेनीमा कृषि मेला प्रर्दशनी सम्पन्न

बेनी २ माघ । बेनीमा सोमबार बृहद कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजना गरेको प्रर्दशनी तिन दिनसम्म सञ्चालन भएको थियो । उत्कृष्ट फसल प्रर्दशनी गर्ने २८ जना कृषकहरुलाई समापनका क्रममा पुरस्कृत गरिएको छ । सात... पुरा पढ्नुहोस