भगवतीका कृषक कार्कीले फलाए एउटै बोटमा साढे १४ केजीको काउली !(फोटो कथा )

  • २३ माघ २०७४, मंगलवार
  • 3277 पटक पढिएको

म्याग्दी, २३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदम बहादुर कार्की आफ्नो बारीमा फलेको साढे १४ किलोग्रामको काउली देखाउँदै । नयाँ तरिकाले कृषक कार्कीले उत्पादन गर्नुभएको सो काउली मुक्तिधाम माविका विद्यार्थीहरुले अवलोकन पछि खरिद गरेका छन् ।

व्यवसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका कृषक कार्कीले हालै बेनीमा सम्पन्न छैटौँ म्याग्दी महोत्सवमा समेत १० किलो बढीका काउली पदर्शनीमा राखेर पुरस्कार हात पार्न सफल हुनुभएको थियो । सामान्यतया एउटा बोटको काउली १/२ किलोग्राम हुने भएपनि कृषक कार्कीको करेसाबारीमा भने १० देखि साढे १४ किलोग्राम सम्मका काउली फलेको थियो ।

उन्नत जातको विउ मार्फत कार्कीले परिक्षणको रुपमा गर्नुभएको काउली तरकारी खेतीको सफलताले कृषिपेशामा लागेकाहरुलाई हौँसला थपेको छ ।

तस्बिरः दलबहादुर कार्की