म्याग्दी समाचार
जलजलामा गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन
- 8 बर्ष, 30 दिन अगाडि
- २६ पुष २०७४, बुधबार
बेनी २६ पुष । पर्वतको जलजला गाउँपालीकामा बुधबार गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको आयोजनामा भएको पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम पश्चात समिति गठन भएको हो । समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल, उपाध्यक्षमा सिमा गर्बुजा... पुरा पढ्नुहोस
दग्नाम बैदेशिक सहयोग समिति बहराइनद्धारा करुणा बचाउ अभियानमा ८० हजार सहयोग
- 8 बर्ष, 30 दिन अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी २६ पुष । दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्धारा करुणा बचाउ अभियानमा ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारको शिलशिलामा बहराईन रहेको दग्नामबासीहरुबाट संकलन गरिएको सो रकम समितिले बुधबार ओम कुमारी शान्ति कोषलाई हस्तान्तरण गरेको छ । ओमकुमारी शान्ति कोषले आयोजना गरेको स्वागत कार्यक्रममा दग्नाम बैदेशिक सहयोग समिति... पुरा पढ्नुहोस
बजार सजाउदैः
- 8 बर्ष, 30 दिन अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सव नजिकै गर्दा बजारबासीले घर अगाडि सजाउदै । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
म्याग्दी जिल्लालाई माघ ८गते साक्षर जिल्ला घोषणा गरिने
- 8 बर्ष, 30 दिन अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी, २६ पुस । जिल्लालाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला अनौपचारीक शिक्षा समितिले आगामी माघ ८... पुरा पढ्नुहोस
स्थलगत रिपोर्टः जोखिम ठाउँमा सुरक्षा नअपनाउँदा निर्माणधिन पुलबाट कामदार खसे ! (भिडियो सहित)
- 8 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
https://www.youtube.com/watch?v=bBcVJo4AVLY म्याग्दी, २५ पुस । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल नेपालकै लामो पुल भएकाले पनि पक्कै पनि निर्माण कार्य जोखिमपूर्ण थियो नै । तर अधिकाँश जोखिमयुक्त कार्य सम्पन्न गरि आयोजना निर्माणसम्पन्न तिर अगाडी बढ्दै गर्दा सोमबार सोही निर्माणधिन पुलबाट दुई जना मजदुरको एकैसाथ ज्यान गएपछि सबैलाई यो घटनाले स्तब्ध बनाएको छ... पुरा पढ्नुहोस
छैटौँ म्याग्दी महोत्सवको तयारी तिब्र (भिडियो सहित)
- 8 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुस । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवको करिब ८० प्रतिशत तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जनाएको... पुरा पढ्नुहोस
बेनीमा महिन्द्राको फ्रि सर्भीस क्याम्प जारी, एक्चेन्ज अपरप्रति आकर्षण
- 8 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुस । बेनीमा सोमबारदेखि सुरु भएको महिन्द्रा कम्पनीका सवारी साधनहरुको निशूल्क सर्भीस क्याम्पमा सेवाग्राहीको संख्या बढेको छ । पर्वत बेनीको रारा अटोमोवाईल्समा चार दिनसम्म चल्ने सर्भीस क्याम्पमा महिन्द्रा कम्पनीको जिप, कार, ट्याक्टरको मर्मत तथा पाटपुर्जा बिक्रीमा छुटको व्यवस्था गरिएको छ । सो अबवसरमा सञ्चालन भएको यसैगरी टिभीएस कम्पनीका... पुरा पढ्नुहोस
मौवाफाँट, घट्टेकुलो र पोखरेबगर स्थायी केन्द्र
- 8 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुष । सरकारले म्याग्दीका तीन वटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । मँगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धवलागिरि गाउँपालिकाको वडा–३ घट्टेकुलो र अन्नपूर्णको वडा न–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । यसअघि रघुगंगाको पाखापानी, धवलागिरिको मुना तोकिएको थियो... पुरा पढ्नुहोस
मंगलबार डेढ लाखको टिकट विक्रि
- 8 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी २५ पुष । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सवको नजिकै गर्दा मंगलबार डेढ लाखको टिकट विक्रि भएको छ । मंगलबार एकै दिनमा रू. १ लाख ५० हजारको विशेष टिकट विक्री भएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा प्रमुख पर्यटकिय स्थल फोटा,े स्थानीय... पुरा पढ्नुहोस
माओवादी केन्द्र बेनपा ७को अध्यक्षमा शर्मा
- 8 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुष । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडानम्बर ७ को प्रथम वडा सम्मेलनबाट लक्ष्मण शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा रहमत खान, सचिवमा सुरेश ढुङ्गना, कोषाध्यक्षमा खेम केसी, सहसचिवमा विजुला बानियाँ रहेको कमिटिको सदस्यहरुमा कृष्ण आचार्य, मोहन आचार्यं भुवन आचार्य, शान्ति शाक्य,... पुरा पढ्नुहोस